Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • यस्तो छ छठ पर्वको व्रत विधि
यस्तो छ छठ पर्वको व्रत विधि
Ishan Memorial Hospital Adv
64x64
बुधबार, कात्तिक २४, २०७८ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

काठमाडौँ । छठ पर्वको मुख्य दिन बुधवार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्त वास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

व्रत विधि ।।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरी घाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले बताउनुभयो ।

“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ”, उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका वर्षमा काटिएकामा यस वर्षदेखि फेरि बिदा दिइएको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरी घाट क्षेत्र, गहना पोखरी, नाग पोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । कमलपोखरीमा भने यस वर्ष छठको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले नै गर्ने जनाइएको छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्त्विक भोजन गरेर बस्छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८, ०९:४५:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/culture/4046
नेपाल राना थारु समाज कञ्चनपुरद्वारा जनप्रतिनिधिलाई सम्मान तथा बधाई ज्ञापन 
https://www.nepalbodh.com/others/culture/3925
हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै
https://www.nepalbodh.com/others/culture/3731
आज भाइटिका, बिहान ११ः०२ बजे उत्तम साइत
https://www.nepalbodh.com/others/culture/3729
सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना 
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP