हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महरामाथी अराजक व्यक्तिहरुको समुहले कुटपिट र हातपात गरेपछि उत्पन्न परिस्थितिबाट असुरक्षाको कारण देखाउँदै हेरालुहरुले नगरपालिका कार्यालयमा बुझाएका छाडा पशुचौपाया भोकै रहन थालेपछि झलारीका केही व्यक्तिहरुले घाँसपातको व्यवस्था गरेका छन् । वडाध्यक्ष महराकै सक्रियतामा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ स्थित छाडा पशुचौपाया व्यवस्थापन केन्द्रमा व्यवस्थापन गरिएका पशुचौपायालाई सोमबार स्थानीय बासिन्दा र त्यहाँ रहेका हेरालुहरूले सोही घटनापछि असुरक्षाको महशुस गरी नगरपालिका परिसरमा ल्याई छोडेका थिए ।
तस्बीरहरु : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्ला सदस्य दुर्गा जोशी भट्टको सहयोगमा ।।





NULL