कञ्चनपुर, २६ बैशाख । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति कञ्चनपुरले कृष्णपुर नगरपालिकामा राज विकलाई नगर संयोजकमा मनोनयन गरेको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष रमेश चटौतद्वारा हस्ताक्षरित पत्रमा नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम राज विकलाई नेपाल विद्यार्थी संघ कृष्णपुर नगरपालिकाको संयोजकको जिम्मेवारी दिइएको उल्लेख छ । मंगलबार जारी मनोनयन पत्रमा भनिएको छ, 'नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउनु हुनेछ भन्ने विश्वास लिइएको छ ।'