Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • सार्वजनिक बाटो कब्जा गरी बनाइएका संरचना हटाउन नगरपालिकालाई ज्ञापन पत्र
सार्वजनिक बाटो कब्जा गरी बनाइएका संरचना हटाउन नगरपालिकालाई ज्ञापन पत्र
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
बुधबार, भदौ २२, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ भदौ । कञ्चनपुरको बेलौरीमा सार्वजनिक बाटो कब्जा गरी बनाइएका संरचना हटाउन नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ नहर पश्चिम विद्यानगर जाने बाटो सरकारका नाममा दर्ता स्रेस्ता कायम रहेको सार्वजनिक बाटो नक्सा सिट नं. ०२६–८३१ कि.न. ५५७ को १८२ वर्ग मिटर जग्गा कब्जा गरी श्री सिद्धार्थ बोर्डिङ स्कुलले संरचना बनाउँदा बाटोको विकासमा अवरोध पुगेको ज्ञापन पत्रमा उल्लेख छ । यस सम्बन्धमा २०७८ वैशाखदेखि यसै वर्ष आषाढसम्म ६ नम्बर वडा कार्यालयले तहाँ विद्यालय वा व्यक्ति कसैको स्वामित्व भए सप्रमाण उपस्थित हुन ३ पटक पत्राचार गर्दा समेत उपस्थित नभई, कुनै उत्तर पनि नदिई, संरचना पनि नभत्काई वडा सरकारलाई अटेर गरेको हुँदा आवश्यक कारबाहीका लागि नगरपालिकालाई अनुरोध गर्दा नगरपालिकाले हाल २०७९ भदौसम्म कानुन विपरीत संरचना बनाउने संस्थालाई कुनै चेतावनी सम्म पनि नदिनुले के पुष्टि गर्दछ ? भन्दै ज्ञापन पत्रबाटै प्रश्न समेत गरिएको छ ।

“सरकारी सार्वजनिक बाटो मिचेर संरचना बनाई उपयोग गर्ने संस्था वा व्यक्तिको विषयमा जानकारी प्राप्त भएपछि तत्काल सूचना टाँस गरी संरचना भत्काउन लगाउने र अटेर गरेमा आफै भत्काई कानुनी कारबाही समेत गर्नु पर्नेमा २०७७ कात्तिक देखि हाल २०७९ भदौ सम्म १ वर्ष १० महिना अर्थात् ६०० दिन बितिसक्दा पनि संरचना यथावत् रहन दिनाले कानुन मिच्ने, स्थानीय सरकार, वडा कार्यालयलाई अटेर गर्ने श्री सिद्धार्थ बोर्डिङ स्कुललाई निरन्तर लाभान्वित र प्रोत्साहित गरिएको छ भने नगरपालिकाको यातायात पूर्वाधार विकाशमा वाधा पुगेको छ, उपभोक्ताहरू पीडित छन्, र हतोत्साहित गराउने प्रयास गरिएको छ ।” ज्ञापन पत्रमा उल्लेख छ । विगत झण्डै २ वर्षदेखि नगरपालिका कार्यालयमा उपस्थित भई समस्या बारे पटक पटक जानकारी गराई समाधानका लागि अनुरोध गर्दा पनि नगरपालिकाले भने विभिन्न बहानामा समस्या यथावत् राख्नाले श्री सिद्धार्थ बोर्डिङ स्कुलसित कुनै प्रभावशाली व्यक्तित्वले विशेष सम्बन्ध स्थापित गरेको आभास भएको ज्ञापन पत्रमा लेखिएको छ । 

“स्कुलले संरचना बनाउने बेलामै उपभोक्ता आफैले रोक्नु पर्ने थियो, अव त अरू ऐलानी भोग चलन सरह नै उक्त जग्गा विद्यालयकै भइहाल्यो, भत्काएमा क्षतिपूर्ति दिनु पर्ला ।“ नगर प्रमुखले यस अघि नै भनेको अभिव्यक्तिलाई उद्धृत गर्दै उक्त कुरा सुन्नमा आउनु विडम्बना भएको ज्ञापन पत्रमा उल्लेख छ । “प्रमुख ज्यू ! पछिल्लो भेटमा तपाईँको सकारात्मक आश्वासनबाट हामी केही खुसी र केही आशावादी भयौ तर विश्वस्त हुन सकेनौ । नगर प्रमुख ज्यूले चाडै समाधान गर्छु भन्दा कहिलेसम्म भन्ने जिज्ञासाको उत्तरमा पनि चाडै भन्ने सुनियो र पुनः कहिले भन्ने जिज्ञासामा मन्द मुस्कानका साथ चाडै नै तर दलहरूमा सहमति चाहिन्छ भन्ने अभिव्यक्तिलाई सम्झेर नै तपसिलको एक सूत्रीय माग सहितको ज्ञापन पत्र ग्रहण गरिदिनुहुन अनुरोध गर्दछौँ ।” ज्ञापन पत्रमा भनिएको छ ।

वडा नम्बर ६ स्थित नहर पश्चिमतर्फ सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको बाटाको जमिनमा श्री सिद्धार्थ बोर्डिङ स्कुलले कानुन विपरीत कब्जा गरी बनाएको संरचनालाई यही भदौ २६ गतेभित्र हटाएर नगरपालिकाको यातायात पूर्वाधार विकासको अवरुद्ध गतिलाई फुकुवा गरिदिन, उपभोक्ताहरूको झण्डै २ वर्षदेखिको निरन्तर मागलाई ढिलै भए पनि पुरा गरी पिडकलाई दण्ड र पीडितलाई न्याय भन्ने न्यायको प्रचलित सिद्धान्तको पूर्ण पालना गर्न तथा सरकारी सार्वजनिक जग्गामा कसैले पनि संरचना बनाउनु हुँदैन भन्ने कानुनको पूर्ण पालना गरी गराई उदाहरण प्रस्तुत गरिदिन ज्ञापन पत्र मार्फत नगरपालिकासँग माग गरिएको छ । साथै उक्त मागलाई आलटाल गरी बेवास्ता गरेमा यही भदौ २६ गतेपछि उपभोक्ताहरूलाई नगरपालिकाले नै सङ्घर्षको नयाँ चरणमा उत्रन बाध्य गराएको ठहरिने छ भनी उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा उपभोक्ता प्रतिनिधि संयोजक केशव राज जोशी सहित प्रतिनिधिहरू ईश्वर बहादुर थापा, देव सिंह भण्डारी, अशोक सुवेदी, मेवाराम चौधरी, सत्य प्रकाश सिंह बुडाल, ओम बहादुर भण्डारी, राम लाल राना भीम गैरे, राम प्रवेश राना, अशोक धिताल, पण्डी बडायक, खड्क नेपाली समेतको हस्ताक्षर रहेको छ । उक्त ज्ञापन पत्र बुझाउन नगर प्रमुख पोतीलाल चौधरीसँग समय व्यवस्थापनका लागि पछिल्लो केही दिनयता दैनिक जसो नगरपालिका धाउँदा समेत नगरपालिकामा नगर प्रमुखको अनुपस्थितिले बुधबार नगर उपप्रमुख जोगराम चौधरीलाई ज्ञापन पत्र बुझाई नगर प्रमुखसमक्ष पुर्‍याइदिन र आवश्यक प्रक्रिया थालनी गरिदिन अनुरोध गरिएको संयोजक जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९, २२:२३:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/development/4329
मन्दिर परिसर घेरबार कार्य अन्तर्गत पहिलो चरणमा हुलाकी राजमार्गतर्फ जाली जडान कार्य सम्पन्न
https://www.nepalbodh.com/social/development/4328
सुदूरपश्चिमका सबै जिल्ला र लुम्बिनीकाे बाँकेमा एक हप्ता विद्युत् सेवा अनियमित हुने
https://www.nepalbodh.com/social/development/4192
बन्तरियाको सडकमा ठूलो भ्वाङ
https://www.nepalbodh.com/social/development/4176
कञ्चनपुर क्षेत्र नम्बर १ मा एकै दिन प्रदेश सरकारका विभिन्न ६ वटा योजनाको शिलान्यास
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP