Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिअन्टको जोखिम; सजग रहन आग्रह
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिअन्टको जोखिम; सजग रहन आग्रह
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
बिहीबार, पुस ७, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सजग रहन आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनमा कोरोनाको नयाँ लहर फैलिएर अस्पतालहरू भरिभराउ भएका खबर सार्वजनिक भए लगत्तै मन्त्रालयले यस्तो आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरूमा पछिल्लो समय सङ्क्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा नेपालमा सचेत रहन आग्रह गर्नुभएको छ । 

मन्त्रालयका अनुसार चीनसहित छिमेकी मुलुकहरूमा पुष्टि भएका बीएफ ७ भेरिअन्ट हालसम्म नेपालमा भने पुष्टि भएको छैन । तर, सङ्क्रमण फैलिने जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले मास्क लगाउन, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । सह प्रवक्ता अधिकारीका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरिअन्ट फेला नपरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरिअन्ट फेला परेको उहाँले जानकारी दिनुभयो । सह प्रवक्ता डा. अधिकारीले नयाँ भेरिअन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भए पनि विश्वव्यापी रूपमा हेर्दा केही देशहरूमा भने सङ्क्रमणको नयाँ स्वरूप बढिरहेकाले जोखिम रहेको मन्त्रालयले जनाएको छ । हाम्रै छिमेकी देशहरूमा सङ्क्रमणको पछिल्लो अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।कोभिड–१९ को सङ्क्रमणको जोखिम फरक स्वरूपमा देखिरहेकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एक अर्काबिच भौतिक दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ । मन्त्रालयले सबै सिमानाका बिन्दुका स्वास्थ्य सहायता कक्षहरूमा स्क्रिनिङ, निगरानी, सतर्कता एवम् आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९, २२:३४:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/health/4266
बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा सर्प दंश उपचार सेवा सुचारु
https://www.nepalbodh.com/social/health/4259
२८औँ राष्ट्रिय कण्डम दिवस
https://www.nepalbodh.com/social/health/4248
कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाइने
https://www.nepalbodh.com/social/health/4202
एकीकृत पोषण कार्यक्रमको दिगोपन तथा सिकाइ आदान प्रदान कार्यशाला गोष्ठी
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP