माधव पौडेल / हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ जेठ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल बेलौरी नगरपालिका स्तरीय नगर कार्यसमितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ । बुधबार सम्पन्न नगर अधिवेशनले नरेन्द्र प्रसाद गैरेको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । जिल्ला अध्यक्ष प्रीतिधीर भण्डारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य यज्ञ कँडेल प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियोे ।
कार्यक्रममा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीका सचिव पल्लवराज भट्ट, नगर कमिटी इन्चार्ज धनेशदत्त पन्त, लेखा आयोगका उपाध्यक्ष विष्णु खनाल, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष मानबहादुर चन्द, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ कञ्चनपुरका उपाध्यक्ष नीलम चन्द सहित स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू लगायतको उपस्थिति रहेको थियो । अधिवेशनमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय प्रतिनिधि कृष्ण नाथयोगीले स्वागत मन्तव्य राख्नु भएको थियोे ।
नवगठित समितिको अध्यक्षमा नरेन्द्र प्रसाद गैरे, उपाध्यक्षमा हेमा बोहरा, सचिवमा संगीता बस्नेत, कोषाध्यक्षमा बासुदेव चौधरी चयन हुनु भएको छ । यस्तै, सदस्यहरूमा रामसागर राना, कुसुम कँडेल, लक्ष्मी बोहरा, संगीता शाह, छेदु चौधरी, मनटुर्ने चौधरी, सीता रावल, रोजन राना र प्रेमसागर राना चयन हुनु भएको छ । नवनिर्वाचित कार्यसमितिलाई अतिथिहरूले बधाई दिँदै स्वास्थ्यकर्मीहरूको हकहितका पक्षमा सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।