हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ जेठ । कञ्चनपुरमा गणतन्त्र दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको संयोजकत्वमा आइतबार कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी निकाय, प्रतिष्ठान तथा संघ-संस्था, राजनितिक दल एवं सरोकारवाला निकायको उपस्थितिमा "गणतन्त्र दिवस २०८२" भव्यताका साथ मनाउने सम्बन्धमा छलफल गर्न बसेको बैठकले उक्त निर्णय गरेको हो ।
निर्णयहरूः
१. गणतन्त्र दिवस भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय कार्यक्रमका अतिरिक्त विशेष कार्यक्रम समेत गरी गणतन्त्र दिवस भव्यताका साथ मनाउन हुन सबै पालीकाहरूलाई आग्रह गर्ने ।
२. जेष्ठ १४, १५ र १६ गते ३ दिनसम्म सबै सरकारी, संघ-संस्था र व्यावसायिक प्रतिष्ठानहरूमा साँझ दिपावली मनाउने ।
३. १४ गते सबै सरकारी कार्यालय, बिद्यालय र शैक्षिक संघ सस्थामा बिशेष सरसफाई कार्यक्रम संचालन गर्ने ।
४. १४ गते दिदी-बहिनी उद्दार समुहद्वारा ग्यास पड्की घाईते भएका पिडीतहरूलाई उपचार खर्च सहयोग गर्ने ।
५. १५ गते विहान ८ बजे होटल व्यवसायी संघको आयोजनमा अञ्चल वाल अनाथालय महेन्द्रनगरमा फलफूल वितरण गर्ने ।
६. १५ गते प्याव्सनको आयोजनमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने
७. १६ गते फरक क्षमताका विद्यार्थीहरुलाई स्टेशनरी उपलब्ध गराउने ।
८. सिद्धनाथ अमर मावि गड्डाचोकीमा नेपाल प्रहरीको आयोजनामा लागुऔषध दुर्व्यसन बिरुद् सचेतना कार्यक्रम आयोजना गर्ने ।
९. १५ गते साथी संस्थाद्वारा महेन्द्रनगरमा संचालित सेफ हाउसमा घरेलु हिंसा पिडित महिला तथा वालवालिकालाई फलफूल वितरण गर्ने ।
१०. १५ गते राष्ट्रिय समाज कल्याण संघ (एन.एन. एस.डब्लु ए) द्वारा गणतन्त्र दिवसको अवसरमा सकारात्मक सन्देश प्रसारण गर्ने ।
११. १५ गते बिहान ७.३० बजे ब्रह्मकुमारी ईश्वरीय बिश्व-बिद्यालयद्वारा प्राथना सभाको आयोजना गर्ने ।
१२. १५ गते गड्डाचौकी स्थित शान्ती पुर्न स्थापना गृहको आयोजनमा संस्थाहरूद्वारा दिप-प्रज्वलन कार्यक्रम संचालन गर्ने ।