Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
संघीय सरकार
  • Home
  • News
  • नीति तथा कार्यक्रममा समेटियो सुक्खा बन्दरगाह र महाकाली कोरिडोर
नीति तथा कार्यक्रममा समेटियो सुक्खा बन्दरगाह र महाकाली कोरिडोर
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
शनिबार, जेठ ६, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

कञ्चनपुर, ०६ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिमका दुई ठूला विकासे योजना दोधाराचादँनी सुक्खा बन्दरगाह निर्माण र महाकाली कोरिडोर पनि समेटिएको छ । नीति तथा कार्यक्रममा समेटिएपछि यी योजना चाँडै निर्माण हुनेमा आशा पलाएको छ । वि.सं. २०६४ मा कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रस्ताव भए पनि हालै सरकारले उक्त योजनाको वातावरणीय प्रभाव मूल्याङ्कन 'इआइए’ प्रतिवेदन प्रस्ताव स्वीकृत गरेको थियो ।

कञ्चनपुर–३ बाट निर्वाचित नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुक्खा बन्दरगाह निर्माण मुख्य चुनावी एजेण्डा बनाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अढाई महिनाअघि सुक्खा बन्दरगाह निर्माण स्थलको निरीक्षण गर्दै प्रक्रिया अघि बढ्ने आश्वासन दिएका थिए । योसँगै सरकारले नीति तथा कार्यक्रममै समावेश गरेपछि यहाँका निजी क्षेत्रका व्यवसायीका साथै स्थानीय हर्षित छन् । सरकारले शुक्रबार घोषणा गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रमको बुँदा नं. ६० मा तीन वर्षभित्र दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण गरिने उल्लेख छ । महाकाली कोरिडोर निर्माणलाई प्राथमिकतामा राखिने विषय बुँदा नं. ७५ मा उल्लेख छ ।

दोधाराचाँदनी नगरपालिका–१, २ र ३ मा पर्ने मायापुरी र गौरीशङ्कर मध्यवर्ती सामुदायिक वनमा बन्दरगाह निर्माण हुनेछ । एकीकृत सुरक्षा जाँच चौकीसहित सुक्खा बन्दरगाह निर्माण भारतले निर्माण गरिदिने गरी प्रक्रिया अघि बढिरहेको छ । सरकारले 'इआइए’ स्वीकृत गरेसँगै भारतमार्फत हुने अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको लागि बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको हो । सरकारले उक्त प्रक्रिया अघि बढाउन चालु आर्थिक वर्षमा रु. एक अर्ब बजेटसमेत विनियोजन गरेको थियो । गौरीशङ्कर सामुदायिक वनको एक सय १७ हेक्टर वन क्षेत्रमध्ये ६३ हेक्टर जग्गा आयोजनाको तयारी कार्य सुरु गर्न मन्त्री स्तरबाट स्वीकृत भएको हो । सुक्खा बन्दरगाहका लागि दुई सामुदायिक वनको दुई सय ८० बिघा जमिन प्रस्तावित छ । 

भारतले सुक्खा बन्दरगाह निर्माण गरिदिने विषय अघि बढेको छ । 'एमओयु’ समझदारीमा हस्ताक्षरका लागि दुई देशबाट पहल भइरहेको छ । सुक्खा बन्दरगाहको 'डिपिआर’ अहिले भारतले बनाइरहेको छ । त्यसै गरी कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म पुग्ने महाकाली कोरिडोर निर्माण भइरहेको छ । वनका रूख कटानलगायतका सरकारी प्रक्रियागत उल्झनले ढिलाइ भएको कोरिडोरअन्तर्गत पर्ने रूख कटान आदेश दिन सरकारले पहल गरिसकेको छ । नेपाल–भारत र चीनसित जोड्ने त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको कोरिडोरको ६० प्रतिशत ट्र्याक खुलेको छ । महाकाली कोरिडोर दार्चुला तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मण जोशीले कोरिडोरको काम द्रुत गतिमा अघि बढेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०, २२:१०:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/federal-government/4614
आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट संघीय संसदकाे संयुक्त बैठकमा प्रस्तुत (भिडियो सहित)
https://www.nepalbodh.com/federal-government/4591
सेवा सुविधाहरू समयमै उपलब्ध गराउन राहदानी विभागलाई परराष्ट्र मन्त्री साउदको निर्देशन
https://www.nepalbodh.com/federal-government/4587
राष्ट्रपतिद्वारा संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश (पूर्णपाठ सहित)
https://www.nepalbodh.com/federal-government/4586
प्रधानमन्त्रीको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्र मन्त्री साउदद्वारा छलफल तीव्र 
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP