हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ माघ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ‘नागरिकसँग मेयर’ कार्यक्रम सुरु गरेको छ । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरबासीहरूको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि र रोगको पहिचान गरी उपचारका योजना बनाउन नगरपालिकाले ‘नागरिकसँग मेयर’ कार्यक्रमको सुरुवात गरेको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताउनु भयो ।
कृष्णपुर नगरपालिका वडा नम्बर ५ बाट शुभारम्भ गरिएको नागरिकसँग मेयर कार्यक्रमबाट सबै वडाहरूमा नागरिकको घर दैलोमै गई सेवा प्रवाह भइरहेको छ । कार्यक्रमबाट लक्षित वर्गका नागरिकसम्म स्वास्थ्य सेवा सहज तरिकाले पु¥याउने उद्देश्यले उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीको समस्या पहिचान, महिलाको आङ खस्ने समस्या, मिर्गौला पीडित, क्यान्सर र अन्य दीर्घ रोगी लगायतको बारेमा जानकारी लिने र उपचार योजना बनाइने नगर प्रमुख ओझाले जानकारी दिनुभयो । अहिले स्वास्थ्यकर्मी सहितको टोली घर दैलोमा गई स्वास्थ्य चेकजाँच र आवश्यक परामर्शमा केन्द्रित छ ।
