Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • प्रकाशको देउडा गीत 'मेरा बाबा' सार्वजनिक (भिडियाे सहित)
प्रकाशको देउडा गीत 'मेरा बाबा' सार्वजनिक (भिडियाे सहित)
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
शुक्रबार, पुस ८, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv
कञ्चनपुर । प्रकाश कलौनीको "मेरा बाबा" नामक देउडा गीत सार्वजनिक भएको छ । चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको  निर्माण  काठमाडौँमा रहेको म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गरेको हो । आफ्नै लय तथा शब्द रहेको उक्त  गीतमा  कलौनीले आफ्नो बुवा गुमाउनुको पीडालाई गीत मार्फत व्यक्त गर्न खोजेका छन् । उक्त गीत नारायण दंगालले एरेन्ज गरेका हुन् भने प्रेम दीप रामजालीले मिक्स / मास्टर गरेका छन्।
 
को हुन् प्रकाश कलौनी ?
 
कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ०९ लालपुर बस्ने प्रकाश कलौनी बुवा स्व. भानदेव कलौनी र आमा श्रीमती कमला देवी कलौनीको कोखबाट जन्मिएका परिवारको जेठो छोरा हुन् । सुदूरपश्चिमको कला, साहित्य, संस्कृति तथा मौलिकतालाई जोगाउन लामो समयदेखि गीतसङ्गीत तथा अन्य कलात्मक सामग्रीहरूलाई जीवन्त राख्दै आफ्नो पहिचान बनाउन सफल एक युवा हुन् प्रकाश कलौनी । उनले हाल सम्म ‘गाडी गुडी स्वराडमा, शर्माली क्याम्पस गेट, बैतडी कि बसन्ती लाल साडीमा, डोलीमा निक्करी बसेइ, का छै मेरी प्रियसी’ लगायतका बहुचर्चित देउडा गीत रचना गरी अपलोड गरी सकेका छन् । त्यस्तै उनले संस्कृति जगेर्ना गर्ने उद्देश्यले सुदूरका फाग, सगुन, ठाडी भाका, छलिया, हुड्केली, गौरा, देउडा खेलहरू पनि आफ्नो युट्युव च्यानलमा अपलोड गर्दै सुदूरका संस्कृतिबारे ज्ञान दिँदै आएका छन् ।
 
को हुन् प्रकाशका बुवा ?
 
बैतडीको तल्लो स्वराड साबिकको शर्माली गाविस वडा नम्बर १ डिस्लानीमा २०२३ सालमा बुवा हरि दत्त कलौनी र आमा सीता पार्वती कलौनीकाे माइला छोराका रूपमा जन्मिएका हुन्, प्रकाशका बुवा भानदेव कलौनी । पाँच दाजुभाइ र एक दिदीसँगै हुर्केका उनी सानै उमेरमा परिवारको आर्थिक स्थिति कमजोर भएका कारण निम्न माध्यमिक तहसम्मको शिक्षा गाउँमै रहेको श्री नागार्जुन माध्यमिक विद्यालयबाट पूरा गरेका हुन् । त्यसपछि कामको लागि भारतका विभिन्न ठाउँमा काम गरेका उनले झण्डै चालीस वर्ष अघि नेपाल विद्युत प्राधिकरणमा जागिर सुरुवात गरेका थिए । आफू जागिरमा लागेपछि परिवारको जिम्मेवारी लिँदै आएका कलौनीको दश वर्ष डडेलधुराको बसाइपछि अछाम सरुवा भएकाे थियाे ।
 
अछाम जिल्लाको कैलाश खोला जलविद्युत आयोजनामा ८ वर्ष बसाइको दौरानमा उनले हेराली अर्थात् ज्योतिषी कार्य समेत सुरु गरेका थिए । त्यसपछि त्यस क्षेत्रमा निक्कै भिडभाड हुने गर्थ्यो । अछामको मङ्गलसेन आक्रमणपछि कलौनीको सरुवा डोटी जिल्लाको दिपायलमा भएको थियो । त्यहाँ पनि झन्डै ८ वर्षको बसाई तथा त्यस क्षेत्रका हजारौँ मानिसले हेराली मार्फत सेवा लिएका थिए । एकातिर हेराली र अर्को तर्फ जागिरले गर्दा सुदूरपश्चिम प्रदेशका डडेलधुरा, अछाम, डोटी, बैतडी, दार्चुला, कञ्चनपुर लगायतका जिल्लामा उनको बसाइ रह्यो । विद्युत प्राधिकरणमा जागिर तथा  हेरालीका कारण कलौनी निकै चर्चित व्यक्ति थिए । २०७९ साल जेठ १८ गते बिहान १०:३० मिनेटमा यो संसारबाट सदाका लागि आफ्नो परिवार र यो समाज छोडेर मृत्युवरण गरेका उनको सम्झनामा उक्त गीत निर्माण गरिएको कलौनीका छोरा प्रकाश बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९, १७:२७:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/art/4201
भिडियोग्राफीमा सुदूरका एक हस्ती नील
https://www.nepalbodh.com/others/art/3824
मोडेल सुरज रावलको अभिनयमा - मलामी (भिडियो सहित)
https://www.nepalbodh.com/others/art/3624
फेरिँदै तीज गीत र भाका
https://www.nepalbodh.com/others/art/1353
सुनको महलमा पनि सुरज रावल ( भिडियो सहित)
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP