Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
सोमबार, जेठ ९, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • बेलौरीमा महाशिवरात्री पर्वको उपलक्ष्यमा शिवनगर सांस्कृतिक महोत्सव आयोजना
बेलौरीमा महाशिवरात्री पर्वको उपलक्ष्यमा शिवनगर सांस्कृतिक महोत्सव आयोजना
Ishan Memorial Hospital Adv
64x64
मंगलबार, फागुन १७, २०७८ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ फागुन । कञ्चनपुरको बेलौरीमा महाशिवरात्री पर्वको उपलक्ष्यमा शिवनगर सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । बेलौरी नगरपालिका वडा नम्बर १० को वडा कार्यालय, सिद्धेश्वर जय पृथ्वी क्लब र सिद्धेश्वर शिव मन्दिरको संयुक्त आयोजनामा शिवनगरस्थित सिद्धेश्वर शिव मन्दिरको प्राङ्गणमा सांस्कृतिक महोत्सव सञ्चालन गरिएको हो । सोमबारदेखि सुरु गरिएको सांस्कृतिक महोत्सव मंगलबारसम्म जारी रहने छ । सांस्कृतिक महोत्सवको उद्घाटन समारोहका प्रमुख अतिथि तथा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको पहिचान गरी प्रवर्द्धन गर्न सबैको सहयोग अनिवार्य रहेको धारणा राख्नुभयो । बेलौरी नगरपालिकाले समेत विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको स्तर वृद्धिका लागि कार्य गरेको उहाँको भनाइ छ । बहु जाती बहु भाषी नागरिकहरूको बसोबास रहेको बेलौरीमा भाषा, संस्कृति, रीतिरिवाज, चालचलन संरक्षणमा सबै समुदायको महत्त्वपूर्ण भूमिका रहेको नगर प्रमुख चौधरीले उल्लेख गर्नुभयो ।

महोत्सव उद्घाटन समारोहका सभापति राजेन्द्र प्रसाद जोशीले सिद्धेश्वर शिव मन्दिरमा तीनै तहका सरकार र विभिन्न सहयोगी निकायले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा डिपिआर बनाएर थप भौतिक संरचना निर्माण र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । सांस्कृतिक महोत्सवका विशिष्ट अतिथिद्वय बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष हरिलाल चौधरी र वडा नम्बर ८ का वडाध्यक्ष नन्दकुमार रानाले संस्कृति संरक्षणमा जोड दिँदै शुभकामना व्यक्त गर्नुभयो । महोत्सवमा नरेन्द्र राज रेग्मी, लाल बहादुर धामी (अछामी बड्डो), लक्ष्मण अधिकारी (दुबईको लाहु¥या), मनीराम चौधरी, राजेश कुस्मी, सङ्गीता शाही, नितु चौधरी, चेत बहादुर शाह सहित स्थानीय कलाकारहरूको समेत सांस्कृतिक प्रस्तुति रहेको आयोजकले जनाएको छ । महोत्सवमा उद्घोषकको भूमिका हरिश पन्त र दीपक शाहीले निर्वाह गर्नुभएको छ । 

यसअघि यही फागुन १४ गतेका दिन शिवनगरमा लागु औषध तथा दुर्व्यसनी रोकथाममा जोड दिँदै हाफ म्याराथन प्रतियोगिता सम्पन्न गरिएको थियो । ‘लागु औषध ओसारपसार तथा दुर्व्यसनी निर्मुलीकरण गरौँ, हरेक भान्सा घरलाई औषधालयमा परिणत गरौँ’ भन्ने मूल नाराका साथ शनिबार हाफ म्याराथन प्रतियोगिता गरिएको सिद्धेश्वर जय पृथ्वी क्लबका अध्यक्ष पदम शाहले बताउनु भयो । उक्त प्रतियोगितामा करिब १२ किलोमिटरको दुरी पुरुष तर्फ बेलडाँडीका केशव धामीले ३७ मिनेटमा पूरा गरी प्रथम र ३९ मिनेटमा पूरा गरी शिवनगरका हिमाल सिंह द्वितीय हुनु भएको छ । त्यस्तै महिला तर्फ ५७ मिनेटमा दुरी पार गरी भुडाकी करुणा चौधरी प्रथम र १ घण्टा ३ मिनेटमा दुरी पार गरी बेलडाँडीकी सुशीला चौधरी द्वितीय हुनु भएको आयोजकले जनाएको छ । हाफ म्याराथनमा प्रथम हुने पुरुष र महिलालाई नगद रु. ५ हजार ५ सय र द्वितीय हुने पुरुष र महिलालाई नगद रु. ३ हजार ३ सय सहित प्रमाणपत्र शिवनगर सांस्कृतिक महोत्सवमा वितरण गरिने जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८, ०७:०३:००
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 8
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/entertainment/3952
बेलडाँडीमा खेलकुद तथा सांस्कृतिक महोत्सव
https://www.nepalbodh.com/others/entertainment/1256
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड
https://www.nepalbodh.com/others/entertainment/1064
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक
https://www.nepalbodh.com/others/entertainment/1060
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन
Punarbas Covid PSA
krishnapur covid psa
Beldandi Covid PSA (5)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
Covid 19 Bedkot PSA
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400
ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP