कञ्चनपुरको बेलौरी आयोजित ‘तेस्राे बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव’ सम्पन्न गरिएकाे छ । बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित शान्ति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था पूर्व विद्यार्थी समाजले यही पुस ११ गतेदेखि बेलौरीको खुलामञ्चमा आयोजना गरेकाे महोत्सव बुधबार समापन हाे । अनाथ तथा गरिब बालबालिकाको सहयोगार्थ आयोजित महोत्सवको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रम बिच समापन गरिएको महोत्सव संयोजक प्रेमबहादुर थापाले जानकारी दिनुभयो । महोत्सव अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियाे । महाेत्सव अवधिभर भएकाे आयव्यव विवरण र महाेत्सवकाे समीक्षा केही दिनमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने मूल आयाेजक समितिका सुरज रावलकाे भनाइ छ ।