हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ माघ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ स्थित किसान मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिका संस्थापक अध्यक्ष स्व. मिन बहादुर रोकाया (मिने) को शालिक अनावरण गरिएको छ । किसान मध्यवर्ति सामुदायिक वन उपभोक्ता समिति झिलमिला फाँटामा निर्माण गरिएको स्व. रोकायाको शालिक शुक्रबार एक कार्यक्रमका बीच अनावरण गरिएको बेलडाँडी गाउँपालिका सचिवालयले जनाएको छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमला देवी कार्की सहित बेलडाँडीका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।







NULL