सूचना ! सूचना !! सूचना !!!
धारचुलाको धौलीगाडमा मिति २०७९।०३।३१ गते बिहान ०५ बजेदेखि बेलुकी ०८ बजेसम्म सिल्ट फ्लसिंगको कार्य हुने र उक्त प्रयोजनको लागि बाँधको ढोका खोलिने हुँदा महाकाली नदिमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदि तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन हुन जानकारीको लागि जनहितमा सूचित गरिन्छ ।