Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • पश्चिम नेपालको तराईका जिल्लाहरूमा विशेष प्रकारको हवाईजहाज मार्फत लाइडार सर्भे जारी
पश्चिम नेपालको तराईका जिल्लाहरूमा विशेष प्रकारको हवाईजहाज मार्फत लाइडार सर्भे जारी
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
बिहीबार, जेठ २०, २०७८ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, २० जेठ । नापी विभागले पश्चिम नेपालको तराईका जिल्लाहरूमा विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडार सर्भे गरिरहेको छ । लाइडार सर्भेको टोलीले अहिले कञ्चनपुर र कैलालीका विभिन्न भूभागको सर्वेक्षण गरिरहेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभाग मार्फत पहिलो पटक लाइडार सर्भे गर्न लागिएको र नापी विभागको महत्त्वपूर्ण परियोजनाका रूपमा यो कार्यक्रम जारी रहेको नापी विभागका निर्देशक एवं सूचना अधिकारी दामोदर ढकालले बताउनु भयो । 

उहाँका अनुसार, लाइडार सर्भेका लागि फ्रान्सबाट विशेष प्रकारको हवाईजहाज र आवश्यक जनशक्ति परिचालन गरिएको र उक्त टोलीमा केही नेपाली जनशक्ति समेत रहेका छन् । जमिनको धरातलीय स्वरूपलाई जस्ताको तस्तै तस्बिरमा उतार्ने कामका लागि स्क्यान गर्ने क्यामेरा लगायतका प्राविधिक उपकरण र दक्ष जनशक्ति सहित जहाज प्रयोग गरिएको नापी विभागका निर्देशक एवं सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । यसबाट जमिनको लम्बाइ, चौडाइ, गहिराइ, उचाइ, त्यहाँ रहने सडकखण्ड, रेल मार्ग, सिँचाइ नहर, बाँध निर्माण, जलविद्युत् उत्पादन क्षेत्र, ठुलठुला बस्ती विकास लगायतका कार्यमा सहयोग पुग्ने उहाँको भनाइ छ । 

एक पटक देशभरको तथ्याङ्क तयार भएपछि पटक पटक यस्तो सर्वेक्षण गर्नु नपर्ने बताइएको छ । चितवनको नारायणीदेखि पश्चिममा कञ्चनपुरको महाकालीसम्मका तराईका सबै तथा चुरे पहाडी क्षेत्रमा गरी पहिलो चरणमा २० हजार वर्ग किलोमिटरको सर्वेक्षण गर्न लागिएको छ । नारायणीदेखि पूर्व मेचीसम्मको सर्भेका लागि जापान सरकारले सहयोग गर्ने भए पनि कोभिड महामारीका कारण केही समय लाग्न सक्ने देखिन्छ । पहिलो चरणको काम सकिएपछि थप क्षेत्रको सर्वेक्षण गरिने छ । विभिन्न ठुला आयोजनाहरूको सर्वेक्षणका लागि लाइडार सर्भे गर्ने गरिए पनि त्यो निक्कै खर्चिलो हुन जान्छ । 

यसका अतिरिक्त आयोजना पिच्छे गरिने सर्वेक्षणमा लाग्ने खर्च र समयलाई समेत घटाउन लाइडार सर्भे गरेर समग्र नेपालको भू धरातलीय तथ्याङ्क निकाल्न लागिएको हो । यो सर्वेक्षणको काम सकिएपछि भौगोलिक रूपमा गरिने भौतिक विकास निर्माणका आयोजनाहरूमा लाग्ने एक तिहाइ समय र बजेट बचत हुने विभागको दाबी छ । अन्तर्राष्ट्रिय सीमा सर्वेको कामको प्रयोजनका सन्दर्भमा प्रश्न गर्दा नापी विभागका निर्देशक एवं सूचना अधिकारी ढकालले केही तथ्याङ्कहरू आन्तरिक प्रयोजनका लागि उपयुक्त ठानिए पनि अन्तर्राष्ट्रिय सीमा सर्भेको कार्य सम्बन्धित देशहरूको संयुक्त सीमा सर्भे टोलीको निगरानीमा गर्नुपर्ने कार्य भएको हुँदा अहिलेको सर्भेलाई अन्तर्राष्ट्रिय सीमा सर्भेको काममा आधार मान्न नसकिने उल्लेख गर्नुभयो । 

 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८, १६:३९:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/science-technology/4409
विश्व रेडियो दिवस
https://www.nepalbodh.com/others/science-technology/4287
फेक अकाउन्टलाई कडाइका साथ कारबाही गरिने
https://www.nepalbodh.com/others/science-technology/4263
सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगकाे जोड
https://www.nepalbodh.com/others/science-technology/3631
के हो टेलिकमको नमस्ते पे सेवा ?
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP