Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा चरम लापरवाही
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा चरम लापरवाही
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
७० प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग योजना कार्यालयको दाबी
64x64
शनिबार, पुस १८, २०७७ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ पुस । कञ्चनपुरको पुनर्वास स्थित डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै वेदकोट स्थित दैजी जोड्ने हुलाकी राजमार्ग निर्माण गर्ने सम्झौता गरेका दुई निर्माण कम्पनीहरुले समयमै काम नगर्दा कालोपत्रेको काम अलपत्र परेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रको मेरुदण्डका रुपमा लिइएको डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माणका लागि २०७३ फागुनमा हुलाकी राजमार्ग योजना कार्यालयले दुईवटा निर्माण कम्पनीहरुसँग सम्झौता गरेको थियो ।

जम्मा ६२ किलोमिटर सडकखण्ड मध्ये डोकेबजारदेखि बेलौरीको बुटावारीसम्मको २० किलोमिटर र बेलडाँडीदेखि दैजीसम्मको २२ किलोमिटर सडकखण्ड शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीलाई र बेलौरीको बुटावारीदेखि बेलडाँडी सम्मको २० किलोमिटर सडकखण्ड बाबाहंस सिद्धिशाही जेभी निर्माण कम्पनीलाई ३० महिनाभित्र कालोपत्रे गर्ने गरी ठेक्का दिइएको थियो । तर सम्झौता अवधि पछि पनि पटकपटक गरी दुईपटक थपिएको म्याद सकिँदा समेत दुवै निर्माण कम्पनीहरुले सडकखण्ड कालोपत्रेको काम पूरा गरेका छैनन् ।

दुवै निर्माण कम्पनीहरुले काममा ढिलासुस्ती र चरम लापरवाही गरिरहेका छन् । जसका कारण उक्त क्षेत्रका नागरिकहरुको जनजीवन नराम्ररी प्रभावित हुन पुगेको छ । निर्माण कम्पनीहरुले सम्झौता गरेको करीब चार वर्षसम्म पनि सडक कालोपत्रे नगरेका कारण दक्षिणी क्षेत्रका नागरिकहरु बर्षौँदेखि धुलाम्य कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक आसपासमा बसोबास गर्ने नागरिकहरु त्यही सडकबाट उडेर आएको धुलोले हैरान मात्रै छैनन् सडक दुर्घटनाको समेत त्यत्तिकै जोखिम मोलिरहेका छन् ।

बेलौरी क्षेत्रका केही जागरुक युवाहरुले त सडक कालोपत्रेको काम अलपत्र छोडेको भन्दै गत महिना चोकचोकमा ठेकेदारका तस्बीर अंकित पोष्टर टाँसेर रचनात्मक बिरोध समेत जनाएका थिए । हुलाकी राजमार्ग कालोपत्रेको काममा अत्यन्त ढिलासुस्ती, चरम लापर्वाही र निक्कै बेवास्ता भएको यहाँका नागरिकहरुको गुनासो छ । समयमै काम नगर्ने निर्माण कम्पनीको ठेक्का बदर गरी कालोसूचिमा राख्नुपर्ने र ठेकेदारहरुलाई जरिवाना सहित कारबाही गर्नुपर्ने स्थानीयको जोडदार माग रहेको छ ।

यद्यपि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख राम पुकार जैसवालले हुलाकी राजमार्गको ७० प्रतिशत काम सम्पन्न भएको जनाएका छन् । कोभिड १९ का कारण निर्माणको काम केही समय रोकिएकोले निर्माण कम्पनीहरुको म्याद थप गर्ने प्रक्रिया समेत अगाडि बढाइएको उनले जनाएका छन् । निर्माण कम्पनीहरुले जिम्मेवार ढंगबाट काममा तीब्रता दिन नसकेको बताउँदै उनले हुलाकी राजमार्ग योजना कार्यालय धनगढीबाट बारम्बार ताकेता गरेपछि निर्माण कम्पनी सम्पर्कमा आएको बताएका छन् ।

निर्माण कम्पनीहरुमध्ये शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीका सञ्चालक भीम बहादुर साउँद र बाबाहंस सिद्धिशाही जेभी निर्माण कम्पनीका सञ्चालक दीपेन्द्र शाहीलाई पटक-पटक टेलिफोन गर्दा समेत फोन सम्पर्कमा जोडिन मानेका छैनन् । विकास निर्माणका कार्यका लागि ठाउँठाउँको ठेक्का लिने तर समयमै काम नगरी राज्य पक्षलाई कमजोर सावित गर्न खोज्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सके विकास निर्माणको कामले तीब्रता पाउने देखिन्छ । यसतर्फ पनि सरोकारवाला निकायको ध्यान केन्द्रित हुन आवश्यक छ ।

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७, २०:०१:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/development/4487
निर्माणाधीन चार लेनको पक्की पुलमा आवागमन बन्द (भिडियो सहित)
https://www.nepalbodh.com/social/development/4479
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य बिष्ट
https://www.nepalbodh.com/social/development/4458
बेलौरी बजारको ड्रेन निर्माण अलपत्र, महिनौँदेखि ठेकेदार गुमनाम; बेलौरी नगरपालिका मुखदर्शक
https://www.nepalbodh.com/social/development/4439
बेलौरी-कलुवापुर सडक चर्चाका ४५ वर्ष; ठेक्का भएको साढे ६ वर्षसम्म पनि अधुरै (भिडियो रिपोर्ट)
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP