Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • बेलौरी बजारको ड्रेन निर्माण अलपत्र, महिनौँदेखि ठेकेदार गुमनाम; बेलौरी नगरपालिका मुखदर्शक
बेलौरी बजारको ड्रेन निर्माण अलपत्र, महिनौँदेखि ठेकेदार गुमनाम; बेलौरी नगरपालिका मुखदर्शक
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
आइतबार, फागुन २८, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ फागुन । कञ्चनपुरको बेलौरी बजारमा निर्माणाधीन ड्रेन अलपत्र पारेर महिनौँदेखि ठेकेदार गुमनाम भएका छन् । बेलौरी बजारमा अवस्थित भीमदत्त चोकदेखि संविधान चोकसम्म सडकको दुवैतिर गरी जम्मा १ हजार ३ सय मिटर लम्बाइको ड्रेन निर्माणका लागि आर्थिक वर्ष २०७७।०७८ मा बेलौरी नगरपालिकाले ललितपुरको प्यारागन कन्स्ट्रक्सन प्रा.लि. नामक निर्माण कम्पनीसँग रु. ९६ लाखमा ठेक्का सम्झौता गरेको थियो । सुरुमा ३ महिनाको म्याद राखी सम्झौता गरिए पनि त्यसयता ६–६ महिनाको म्याद थप्दै जाँदा समेत हालसम्म निर्माण कम्पनीले काम सम्पन्न गरेको छैन । बरु निर्माण कम्पनीका प्रतिनिधि ड्रेन निर्माणको काम अधुरै छोडेर बेपत्ता हुँदा उक्त कार्य अलपत्र परेको छ । 

निर्माण कम्पनीले समयमै काम नगर्दा बजार क्षेत्र कुरूप मात्रै भएको छैन, उक्त गल्लीको व्यापार व्यवसाय समेत एक वर्षयता प्रायः ठप्प छ । निर्माण कम्पनी र बेलौरी नगरपालिकाको चरम लापरबाहीले काममा ढिलासुस्ती हुँदा बेलौरी बजारवासी आजित भइसकेका छन् । उक्त ड्रेनको निकास समेत नहुँदा ड्रेन निर्माणको औचित्य माथि नै प्रश्न उठ्ने गरेको छ । बजार क्षेत्रमा निर्माण सामग्री यत्रतत्र छोडिएको छ । ड्रेन निर्माण कार्य पनि अलपत्र हुँदा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । ड्रेन निर्माण स्थलमा पर्ने विद्युतीय पोलहरू समेत हटाउन सरोकारवाला निकायको ध्यान जान सकेको छैन । 

वर्षातको पानी निकासका लागि निर्माण भइरहेको ड्रेन बन्न नपाउँदै केही बजारवासीले ढल समेत मिसाउन थालेका छन् । निर्माणको जिम्मेवारी दिने बेलौरी नगरपालिका कार्यालय भने मुखदर्शक बनेको छ । आमसञ्चारमाध्यम, बजारका व्यवसायी तथा स्थानीय नागरिकहरूले पटक पटक ध्यानाकर्षण गराउँदा समेत नगरपालिकाले हालसम्म कुनै कदम चालेको देखिँदैन । दुई महिना अघि नै निर्माण कम्पनीका प्रतिनिधिहरू काम अलपत्र छाडेर सम्पर्कविहीन भएको अवस्थामा नगरपालिकाले के गरिरहेको छ भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले नगरपालिकाले ठेकेदारलाई ताकेता गरिरहेको र एक महिनाभित्रै काममा नफर्किए कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका थिए । तर हालसम्म कुनै सुरसार देखिँदैन । 

दुई हप्ता अगाडि पुनः पाँच जना सञ्चारकर्मीहरूको टोलीले सोही विषयमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकसँग जिज्ञासा राख्दा उनले पनि निर्माण कम्पनीका प्रतिनिधिलाई तुरुन्तै झिकाई काम गराउने भने पनि हालसम्म कुनै उपलब्धि देखिँदैन । ठेकेदार सम्पर्कविहीन भएको कुरा भने नगरपालिकाले स्वीकारेको छैन । ठेकेदारसँग बेलाबेलामा कुराकानी हुने गरेको र उनी काठमाडौँमा रहेकोले आठ दश दिनमा बेलौरी फर्की काम पुनः सुरु गर्ने कुरा गरेको प्रमुख प्रशासकीय अधिकृत विकको भनाइ छ । अन्ततः जसरी पनि कारबाही नै गर्नुपर्ने स्थिति आइहालेमा बाहेक सितिमिति मानवीय हिसाबले पनि नगरपालिकाले तत्काल कारबाही नै गर्न नसक्ने उनको भनाइ छ । आइहाल्छ, गरिहाल्छ भन्ने मनसाय राखी नगरपालिकाले यो विषयलाई गम्भीर रूपमा नलिएको देखिन्छ । 

दक्षिणी क्षेत्रकै केन्द्रबिन्दु, ऐतिहासिक ठाउँ, प्रस्तावित नमुना  सहरका रूपमा  रहेको बेलौरी बजारको दिगो व्यवस्थापन त  परै जाओस्, आफैँले ठेक्का लगाएको योजना अलपत्र पर्दा समेत नगरपालिका कार्यालयले देखाएको उदासीनताको चौतर्फी आलोचना हुने गरेको छ । सडक किनारमा ड्रेन नहुँदा वर्षातको समयमा आएको पानीले बजार क्षेत्र डुबानमा पर्ने समस्या समाधानका लागि ड्रेन निर्माण गर्न लागिएको भए पनि उक्त ड्रेन निकासको अन्तिम बिन्दु भने बेलौरी नगरपालिकाले अझै पहिल्याउन सकेको छैन । बजार क्षेत्रको पानी बग्ने नालाहरू केही व्यक्तिहरूले अतिक्रमण समेत गरेको पाइएको छ । अहिले सरोकारवाला निकायले काममा ध्यान दिन नसक्ने हो भने वर्षातको समयमा पछुताउनुको विकल्प छैन ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९, १६:१९:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/development/4487
निर्माणाधीन चार लेनको पक्की पुलमा आवागमन बन्द (भिडियो सहित)
https://www.nepalbodh.com/social/development/4479
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य बिष्ट
https://www.nepalbodh.com/social/development/4439
बेलौरी-कलुवापुर सडक चर्चाका ४५ वर्ष; ठेक्का भएको साढे ६ वर्षसम्म पनि अधुरै (भिडियो रिपोर्ट)
https://www.nepalbodh.com/social/development/4329
मन्दिर परिसर घेरबार कार्य अन्तर्गत पहिलो चरणमा हुलाकी राजमार्गतर्फ जाली जडान कार्य सम्पन्न
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP