Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • बाघको आक्रमणबाट ज्यान गुमाएकी गङ्गादेवीको परिवारलाई रु. १० लाख राहत
बाघको आक्रमणबाट ज्यान गुमाएकी गङ्गादेवीको परिवारलाई रु. १० लाख राहत
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
बुधबार, जेठ १०, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

हरिश्चन्द्र बाग, कञ्चनपुर, १० जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुइमा बाघको आक्रमणबाट ज्यान गुमाएकी गङ्गादेवी चन्दको परिवारलाई रु. १० लाख राहत रकम हस्तान्तरण गरिएको छ । गत बैशाख ८ गते बिहान घरभन्दा करिब एक किलोमिटर पूर्वतर्फ आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी गङ्गादेवी चन्दको मृत्यु भएको थियो । आश्रित परिवार (मृतकका श्रीमान् डम्बर बहादुर चन्द) को बैङ्क खातामा बुधबार राहत रकम रु. १० लाख जम्मा गरिएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, डिभिजन बन कार्यालयका प्रमुख बन अधिकृत शम्भुप्रसाद तिवारी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहता, प्रहरी उपरीक्षक कमल थापा, सशस्त्र प्रहरी नायव उपरीक्षक जनक राज पन्त सहितका सुरक्षाकर्मी, वडाध्यक्ष बिसराम राना सहितका जनप्रतिनिधिहरू, बन कर्मचारीहरू र स्थानीय भद्र भलादमीहरूको उपस्थितिमा वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका बमोजिम नियमानुसार पाउने राहत रकमको निस्सा हस्तान्तरण गरिएको हो । कुण्डा सब डिभिजन बन कार्यालयका प्रमुख दिनेश कुमार यादवका अनुसार यसअघि मृतक चन्दको परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले किरिया खर्च बापतको रु. ५० हजार रकम सहयोग गरेको थियो । 

घटना स्मरण ः

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुइ कालो पुल नजिक घाँस काट्न गएकी ४२ वर्षीया गङ्गादेवी चन्दलाई गत बैशाख ८ गते शुक्रबार बाघले आक्रमण गरी लगेको थियो । बाघले गङ्गादेवीलाई घाँटीमै च्यापेर लगेको सँगैका दौँतरीहरूले आफ्नै आँखाले देखे । उक्त घटना लगत्तै गाउँलेदेखि सुरक्षाकर्मी, बन कर्मचारी, जनप्रतिनिधि, पत्रकारसम्म सबै मिलेर बाघ र ती महिलाको खोजीमा लागे । साँझसम्म कुनै पत्तो नलागेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्ती सहितको टोली र बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरूको टोली बोलाइयो । शुक्रबार मध्यरातसम्म हात्ती सहितको प्राविधिक टोलीले खोजी गर्‍यो तर हात लाग्यो शून्य । भोलिपल्ट शनिबार बिहान पुनः खोजी कार्य गर्दा बाघ फेला पर्‍यो र त्यसलाई बेहोस बनाई नियन्त्रणमा लिइयो । केही समयपछि बाघले दलदलमा लुकाएको अवस्थामा गङ्गादेवीको शव पनि फेला पर्‍यो । बाघले आक्रमण गरेकै स्थानमा २२ घण्टापछि गङ्गादेवीको शव भेटिएको थियो । नियन्त्रणमा लिइएको त्यो नरभक्षी बाघलाई हाल सदर चिडियाखाना जावलाखेल ललितपुरमा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०, २२:५९:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/environment/4598
पुनर्वासमा जङ्गली हात्तीको आतङ्क
https://www.nepalbodh.com/social/environment/4582
कञ्चनपुर : बडूवाल टोलका विपन्न १५० परिवारलाई जलवायु परिवर्तन सम्बन्धी ज्ञान र एलइडी बल्ब
https://www.nepalbodh.com/social/environment/4549
सामुदायिक उद्धारकर्मीहरूलाई आधारभूत खोज तथा उद्धार सम्बन्धी तालिम प्रदान
https://www.nepalbodh.com/social/environment/4544
पूर्व सूचना प्रणाली सम्बन्धी तालिम
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP