हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ बैशाख । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ । कञ्चनपुरको वेदकोट स्थित दैजी–छेला सडक खण्डमा आइतबार साँझ मोटरसाइकल अनियन्त्रित भई ढुङ्गामा ठोक्किएर दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने अन्दाजी ५५ वर्षीय केशव राज अवस्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभयो । शिक्षक अवस्थी शुक्लाफाँटाको वनसमिति स्थित शिव शङ्कर माविमा कार्यरत रहनु भएको थियो ।