Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
खास खबर
  • Home
  • News
  • गोविन्द गौतमले शहादत प्राप्त गरेको ६ वर्ष पूरा; सीमा विवाद अझ उस्तै
गोविन्द गौतमले शहादत प्राप्त गरेको ६ वर्ष पूरा; सीमा विवाद अझ उस्तै
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
शुक्रबार, फागुन २६, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ फागुन । कञ्चनपुरको पुनर्वासमा सीमा विवाद हुँदा स्थानीय गोविन्द गौतमले शहादत प्राप्त गरेको ६ वर्ष पूरा भएको छ । २०७३ फागुन २६ गतेका दिन कञ्चनपुरको पुनर्वास स्थित आनन्दबजार नजिकै नेपाली भूभागमा कल्भर्ट बनाउने विषयमा भएको हिंसात्मक झडपमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी नेपाली युवा गोविन्द गौतमको हत्या गरेको थियो । खोला पारी रहेको सीमा स्तम्भ उखेलेर गायब गरी त्यस नजिकै रहेको नेपाली भूभाग कब्जा गर्दै आएका भारतीयहरूको हेपाहा प्रवृत्ति र दमनका कारण विभिन्न समयमा भारतीय र नेपालीको द्वन्द्व भइरहने उक्त क्षेत्रमा नेपाली पक्षले आफ्नै भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय पक्षले अवरोध गरेपछि भएको उक्त घटनाले भने ठूलै रूप लिएको थियो । भारतीय पक्षसँगको विवादपछि उत्पन्न हिंसात्मक घटनामा ज्यान गुमाएका गोविन्द गौतमलाई नेपाल सरकारले सहिद घोषणा समेत गरेको थियो । देशको सीमा रक्षार्थ प्राण त्यागेका गौतमको सम्मानमा उनकै परिवारको नाममा रहेको ५ कट्टा जमिनमा अर्ध कदको सालिकसहित सहिद गोविन्द गौतम स्मृति पार्क निर्माण गरिएको छ । उक्त पार्कलाई अझै व्यवस्थित गर्ने कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङको भनाइ छ ।

गोविन्द गौतमले सीमा विवादमै परी ज्यान गुमाएको ६ वर्ष पूरा भइसक्दा समेत अझैसम्म पनि सीमा विवादको समाधान हुन सकेको छैन । कञ्चनपुरका पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त र दोधारा चाँदनीका सीमावर्ती क्षेत्रहरूमा बेलाबेलामा भारतीय पक्षले सीमा अतिक्रमण गर्ने दुष्प्रयास गरिरहेको हुन्छ । सुदूरपश्चिमको सीमा सर्वेका लागि पटक पटक गठन भएका सीमा सर्वे टोलीले अन्य ठाउँहरूमा सर्वे गरी सीमा स्तम्भ समेत निर्माण भइसक्दा पनि सुरक्षा चुनौती देखाउँदै पुनर्वास बेलौरीमा भने सीमा स्तम्भ राख्न सकेका छैनन् । जसले गर्दा नेपाली भूमि भारतीय पक्षले कब्जा गर्ने कार्य गरिरहेको हुन्छ । सीमा विवाद समाधानका लागि सरकारलाई झकझक्याउन जनस्तरबाट गठित अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले समेत बेलाबेलामा सीमा विवादको विषय सुल्झाउन सरकारको ध्यानाकर्षण गराउने कार्य गरिरहेको छ । सहिद गोविन्द गौतमको छैटौँ स्मृति दिवसमा सहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लव राज भट्टले स्ट्रीप नक्साबाट सृजित समस्या तत्काल समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् । “स्ट्रीप नक्सा निर्माण गर्दा नेपाली भूमि भारतमा पर्ने गरी नक्साङ्कन गरिएका कारण सो भूमिको रक्षार्थ गोविन्द गौतमले ज्यानको बाजि थापेका थिए । हामी जीवित सचेत नागरिकले सीमामा गरिएको त्यो अतिक्रमण र गलत नक्साङ्कान सच्याइ मातृभूमिको रक्षाको दायित्व पुरा गर्नु पर्नेछ । यसका लागि अन्तर्राष्ट्रिय सीमा सरोकार समूह गठन गरी निरन्तर पहलकदमी गर्दै आएका छौँ ।” उनले उल्लेख गरेका छन् ।

६ वर्ष अघि २०७३ फागुन २६ गतेका दिन आफ्नै भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय पक्षबाट अवरोध सृजना भएपछि विवाद भई भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागि स्थानीय गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । त्यस लगत्तै भारतीय हस्तक्षेप विरुद्ध सर्वत्र विरोध भएको थियो भने मृतक गौतमलाई शहीद घोषणा गर्नुपर्ने माग गर्दै परिवारसँगै, आफन्त र स्थानीयले समेत आन्दोलन चर्काएका थिए । चर्को जनदबाब पछि नेपाल सरकारले गौतमलाई शहीद घोषणा गर्दै मृतकका परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ, श्रीमतीलाई जागिर र छोरीहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको थियो । त्यति मात्रै होइन, राहत रकम लिएर गौतम निवास पुगेका तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले घटनाका विषयमा भारतीय पक्षसँग छलफल गरी दोषीलाई कारबाही र विवादित सीमा क्षेत्रको नक्सांकन गर्ने विषयमा सरकारको तर्फबाट प्रतिबद्धता समेत गरेका थिए । 

सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको पनि ६ वर्ष पूरा हुँदै छ । यस बिचमा सरकारको नेतृत्व पनि पटक पटक परिवर्तन भयो । संयोग नै मान्नु पर्छ, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले पुनः प्रधानमन्त्रीकै रूपमा रहेका छन् । तर, दोषी भारतीय सुरक्षाकर्मीलाई कारबाही त परै जाओस्, हालसम्म उक्त घटनाका विषयमा नेपाल सरकारले भारत सरकारसँग ठोस रूपमा कुरा समेत राख्न सकेको छैन । यता, सरकारले जनाएको प्रतिबद्धता अनुसार न अहिलेसम्म दोषी पत्ता लागेको छ, न त विवादित क्षेत्रमा सीमा नक्सांकनको काम नै हुन सकेको छ । बरु, जुन ठाउँमा गौतमको ज्यान गएको थियो, त्यो ठाउँलाई अझैसम्म पनि विवादित क्षेत्र भन्ने गरिएको छ । सीमा विवादलाई कूटनीतिक तवरले टुङ्ग्याउनु आवश्यक छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९, १०:२१:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/special-news/4492
लागु औषधसहित दुई जना पक्राउ
https://www.nepalbodh.com/special-news/4488
लागु औषधसहित तीन जना पक्राउ
https://www.nepalbodh.com/special-news/4482
बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु
https://www.nepalbodh.com/special-news/4481
लागु औषधसहित ५ जना पक्राउ
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP