Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
संघीय सरकार
  • Home
  • News
  • परराष्ट्र मन्त्री साउँदद्वारा बेलौरी छोटी भन्सार कार्यालयको स्थलगत अनुगमन
परराष्ट्र मन्त्री साउँदद्वारा बेलौरी छोटी भन्सार कार्यालयको स्थलगत अनुगमन
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
सोमबार, वैशाख १८, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079

हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ बैशाख । परराष्ट्र मन्त्री एनपी साउँदले कञ्चनपुरको बेलौरी छोटी भन्सार कार्यालयको स्थलगत अनुगमन गर्नु भएको छ । पछिल्लो एक वर्षयता तालाबन्दी अवस्थामा बेवारिसे रहेको बेलौरी छोटी भन्सार कार्यालय र करिब एक शताब्दी पुरानो भन्सारकै जीर्ण भवनको सोमबार दिउँसो स्थलगत अनुगमन गर्दै मन्त्री साउँदले उक्त भन्सार कार्यालयलाई पुनः सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने बताउनु भयो ।

मन्त्री साउँदलाई अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले कञ्चनपुर लगायत देशका विभिन्न क्षेत्रमा देखिएको सीमा विवाद समाधान सहितका विभिन्न माग गर्दै ज्ञापन पत्र पेस गरेको समूहका संयोजक पल्लवराज भट्टले जानकारी दिनुभयो । बेलौरी नगरपालिका कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नगर प्रमुख पोतिलाल चौधरी सहित जनप्रतिनिधिहरू र सरोकारवाला पक्षले मन्त्री साउँदसँग समसामयिक विषयमा छलफल गरेको बताइएको छ । त्यस क्रममा बेलौरी उद्योग वाणिज्य संघले समेत विभिन्न माग राख्दै ज्ञापनपत्र पेस गरेको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले बताउनुभयो । नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमाहरूमा देखिएको सीमा विवादलाई वार्ता, छलफल र कूटनीतिक पहलबाट समाधान गरिने परराष्ट्र मन्त्री साउँदको भनाइ छ ।

यही बैशाख ३ गते परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुग्नु भएका साउँदले सोमबार नै नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले आयोजना गरेको बधाई ज्ञापन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई समेत सम्बोधन गर्नु भएको छ । मन्त्री साउँदले कुनै समय आफू पनि कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएर संसदमा पुगेको स्मरण गर्दै यहाँका समस्या समाधानका लागि केन्द्रित हुने प्रतिबद्धता जनाउनु भयो । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले संघीय सरकारमा परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेकोमा मन्त्री साउँदलाई बधाई ज्ञापन गर्दै कञ्चनपुर क्षेत्र नम्बर १ का समस्याहरू अवगत गराउँदै समाधानका लागि आग्रह गर्नुभयो । उहाँले बेलौरी भन्सार, सीमा विवाद, हुलाकी सडकखण्डमा भारतको अवरोध लगायतका विषयमा मन्त्री साउँदको ध्यानाकर्षण गराउनु भयो । त्यस क्रममा नेपाली काँग्रेसको क्षेत्रीय समिति, गाउँ तथा नगर समिति, स्थानीय जनप्रतिनिधिहरू, नागरिक अगुवाहरू र विभिन्न संघ सङ्गठनहरूले विविध समस्या समाधानका लागि मन्त्री साउँदलाई ज्ञापन पत्र पेस गरेको बताइएको छ ।

सोमबार नै पुनर्वास नगरपालिकाको सभा हलमा समेत मन्त्री साउँदलाई बधाई कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउँदले पुनर्वासको चौतर्फी विकासमा आफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस क्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापा, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा लगायतले मन्त्री साउँदलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कञ्चनपुरको दक्षिणी क्षेत्रमा देखिएका समस्या समाधान र समग्र विकासका लागि अनुरोध गर्नु भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०, १७:२५:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/federal-government/4614
आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट संघीय संसदकाे संयुक्त बैठकमा प्रस्तुत (भिडियो सहित)
https://www.nepalbodh.com/federal-government/4591
सेवा सुविधाहरू समयमै उपलब्ध गराउन राहदानी विभागलाई परराष्ट्र मन्त्री साउदको निर्देशन
https://www.nepalbodh.com/federal-government/4588
नीति तथा कार्यक्रममा समेटियो सुक्खा बन्दरगाह र महाकाली कोरिडोर
https://www.nepalbodh.com/federal-government/4587
राष्ट्रपतिद्वारा संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश (पूर्णपाठ सहित)
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP