काठमाण्डौंं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायक सत्यराज आचार्यले स्वर दिएका छन् । विकास लामिछाने र समिक्षा पोखरेलको रोमान्टिक र जीवन्त अभिनय रहेको गीतको भिडियोमा सरोज प्याकुरेलको निर्देशन रहेको छ भने गीतमा स्वयं सरोजले संगीत भरेका छन् । गीतको म्यूजिक भिडयोको छायांकन बासु बरालले गरेका छन् । कोरियोग्राफी केशव राज भट्टको रहेको छ । गीतमा प्रेमील जोडी बीचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।