हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । न्यु खप्तड युवा क्लबको आयोजना तथा बेलडाँडी गाउँपालिका र वडा नम्बर ३ को कार्यालयको विशेष सहयोगमा खैरिघाट बृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव २०७९ आयोजना गरिएको हो ।
नयाँ वर्ष २०७९ शुभारम्भ र विशु पर्वको अवसरमा आयोजना गरिएको महोत्सवलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले लोक संस्कृति विशु पर्वको जगेर्ना गर्न, खेलाडी तथा कलाकारहरूलाई हौसला प्रदान गर्न र दर्शकहरूलाई मनोरञ्जनका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । महोत्सवमा कलाकारहरू लक्ष्मण अधिकारी, चेतन बोहरा, डिग्रादेवी वादी, चेत बहादुर शाह मुख्य आकर्षकका रूपमा रहेको न्यु खप्तड युवा क्लबका अध्यक्ष नरेन्द्र बिष्टले बताउनुभयो ।
खेलकुद प्रतियोगिताका विजेता टिमलाई पुरस्कारका साथै विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । महोत्सवको उद्घाटन सत्रमा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री, उपाध्यक्ष कमला देवी कार्की, वडाध्यक्षहरू सहितका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू लगायतको विशेष आतिथ्यता रहेको बताइएको छ ।