Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
सोमबार, जेठ ९, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
अन्य
  • Home
  • News
  • हिमाल सफाइमा नेपाली सेना
हिमाल सफाइमा नेपाली सेना
Ishan Memorial Hospital Adv
64x64
सोमबार, चैत २८, २०७८ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

मित्र भण्डारी, काठमाडौँ, २८ चैत्र । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार अभियान २०७८ चैत २२ गते सुरु भएको हो । अभियान २०७९ जेठमा सम्पन्न हुनेछ । उहाँका अनुसार सफाइ अभियानअन्तर्गत चार वटा हिमाल सफाइमा सेनाका चार सेनानीको नेतृत्वमा टोली परिचालन भएका छन् । आठ हजारभन्दा अग्ला चार हिमालको सफाइ चुनौतीपूर्ण र साहसिक रहेकाले सेनाले विशेष तालिमप्राप्त तथा सगरमाथाको सफल अरोहण सम्पन्न गरेका अनुभवी अधिकृतलाई सफाइ अभियानको जिम्मेवारी दिएको छ ।

सगरमाथा, ल्होत्से सफाइमा १२ जना र कञ्चनजङ्घा र मनास्लुमा नौ–नौ जना गरी ३० अनुभवी सेनालाई खटाइएको छ । यी फरक–फरक टोलीलाई नौजना हिमाल आरोही शेर्पाले समेत आवश्यक सहयोग तथा परामर्श दिनेछन् । अभियानमा सेनाका विशिष्ट चिकित्सक, प्राविधिक तथा सरोकारवाला निकाय गरी ९२ जना रहेका छन् । नेपाल सरकारले हिमाल सफा राख्ने अभियानअन्तर्गत सन् २०१९ देखि सफा हिमाल अभियान सुरु गरेको थियो । हिमाल आरोहण क्रममा आरोहीले प्रयोग गरी बेवारिसे अवस्थामा फ्याँकेका वस्तुका कारण हिमाल फोहोर बन्दै गएपछि सरकारले यस्तो अभियान घोषणा गरेको हो । जसको कार्यान्वयन तथा नेतृत्व नेपाली सेनाले गर्दै आएको छ ।

सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको पहिलो वर्ष विभिन्न हिमालबाट झन्डै ११ टन, सन् २०२१ मा पाँच वटा हिमालबाट २६ टन फोहोर सङ्कलन गरेको थियो भने सन् २०२२ मा ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य राखेको छ । जम्मा भएको फोहोर सङ्कलन गरी नकुहिने फोहोरलाई पुनः प्रयोगमा ल्याउने र कुहिने फोहोर स्थानीय सरकारलाई हस्तान्तरण गरिने सेनाले जनाएको छ । अभियानमा शेर्पा सैनी, समन्वय समिति, कार्यसमितिको समेत सहभागिता रहने छ  । नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा र छ हजार मिटरभन्दा अग्ला एक हजार ३१० वटा हिमाल छन् । 

यो समाचार गोरखापत्र अनलाइनबाट साभार गरिएको हो ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८, १३:०२:००
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 8
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/others/lifestyle/3946
मानव बेचबिखन तथा ओसारपसार, घरेलु हिंसा र यौन दुर्व्यवहार न्यूनीकरण सम्बन्धी अन्तरक्रिया
https://www.nepalbodh.com/others/lifestyle/3942
सर्वोदय शान्ति पदयात्रा 
https://www.nepalbodh.com/others/lifestyle/3937
खानेपानी, सरसफाइ तथा स्वच्छता एवं पोषण परियोजना सम्पन्न
https://www.nepalbodh.com/others/lifestyle/3936
“विपद् तथा आपत्कालीन अवस्थामा महिला नेतृत्वको शक्ति” विषयक संवाद कार्यक्रम
Punarbas Covid PSA
krishnapur covid psa
Beldandi Covid PSA (5)
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
Covid 19 Bedkot PSA
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400
ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP