Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शनिबार, चैत १८, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
राजनीति
  • Home
  • News
  • स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीमा ककस्को उम्मेदवारी ? (प्रथम नामावली सहित)
स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीमा ककस्को उम्मेदवारी ? (प्रथम नामावली सहित)
NB Computer Institute
Shubharambha @ Dr. Amrit Ghirmire-chaitra 19
64x64
शनिबार, फागुन २७, २०७९ NB Media Network
1140x725
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 3
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ फागुन । आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी सङ्घ सङ्गठन र व्यक्तिबाट उम्मेदवारी दर्ता गराइएको छ ।  स्ववियु निर्वाचनका लागि महाकाली बहुमुखी क्याम्पसमा शनिबार दिउँसो गरिएको उम्मेदवारी दर्ताका क्रममा विभिन्न विद्यार्थी सङ्घ सङ्गठनबाट ४ जना र १ जना स्वतन्त्र उम्मेदवार सहित ५ जनाले स्ववियु सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाज, नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनीयन र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन संयोजक गङ्गा प्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, खुला तर्फ नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घको तर्फबाट सभापतिमा नीरज भण्डारी, सचिवमा कलावती राना, कोषाध्यक्षमा मञ्जु अवस्थी र सदस्यहरूमा कविता बोहरा, अस्मिता बिष्ट, पशुपति राना, वन्दना कुमारी बिष्ट तथा कल्पना चौधरीको गरी ८ जनाको उम्मेदवारी दर्ता गरिएको छ । नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाजबाट सभापतिमा उर्मिला चौधरी, सचिवमा मक्खन चौधरी, कोषाध्यक्षमा सुरज चन्द तथा सदस्यहरूमा दिलमाया चौधरी, वन्दना राना, सोनु खुना, प्रदीप चौधरी तथा दीपा चौधरीको गरी ८ जनाको उम्मेदवारी दर्ता गरिएको छ । स्वतन्त्रबाट सभापतिमा रमेश तमोलीको उम्मेदवारी दर्ता गरिएको निर्वाचन समितिले जनाएको छ । 

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनबाट सभापतिमा हिरामोती चौधरी, सचिवमा यशोदा रेग्मी, कोषाध्यक्षमा रमेश जोशी र सदस्यहरूमा राहुल कुमार बोट, दिलमाया राना, प्रेमसिंह चौधरी, मेनिका थापा तथा लक्ष्मी क्षेत्रीको गरी ८ जनाको उम्मेदवारी दर्ता गरिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट सभापतिमा सपना चौधरी, कोषाध्यक्षमा दीपा राना र सदस्यहरूमा प्रदीप कुमार बोट, लक्षिराम राना, सुस्मिता चौधरी, चन्द्र कुमारी राना तथा आरती रानाको गरी ७ जनाको उम्मेदवारी दर्ता गरिएको छ । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनीयनले भने सचिवमा भागरथी नेपालीलाई उम्मेदवार बनाएको छ । उसले अन्य पदहरूमा भने अखिल क्रान्तिकारीलाई सघाउने र अखिल क्रान्तिकारीले सचिवमा सघाउने गरी तालमेल गरेको जनाएको छ । 

निर्वाचन समितिले शनिबार अपराह्न प्रथम नामावली प्रकाशन गरेको छ । उम्मेदवारको नामावली उपर दाबी विरोध फागुन २८ गते आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । उम्मेदवारको नामावली उपर दाबी विरोधको  छानबिनपछि फागुन २८ गते बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ । स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचन देशभर त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयले समेत यसै समयमा स्ववियु निर्वाचन गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९, २२:३८:००
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/politics/4484
मिसन ग्रासरुट : बेलडाँडीमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम; शीर्ष नेताहरूको सम्बोधन
https://www.nepalbodh.com/politics/4475
कञ्चनपुरका ६ मध्ये दुईदुई क्याम्पसमा नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीको नेतृत्व
https://www.nepalbodh.com/politics/4474
स्ववियु निर्वाचन : महाकाली बहुमुखी क्याम्पस बेलौरीमा पनि मिश्रित नतिजा
https://www.nepalbodh.com/politics/4473
स्ववियु निर्वाचन : कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा नेविसंघको प्यानल विजयी
Shubharambha @ Dr. Vikash Paudel-chaitra 15 2
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Dengue PSA @ Beldandi RM
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP