Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
समाज
  • Home
  • News
  • अभिभावकसँगै भारत जाने बालबालिका टोल शिक्षा कार्यक्रम लागु भएसँगै अध्ययनमा केन्द्रित
अभिभावकसँगै भारत जाने बालबालिका टोल शिक्षा कार्यक्रम लागु भएसँगै अध्ययनमा केन्द्रित
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
शुक्रबार, पुस २९, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ पुस । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका थुप्रै नागरिकहरू रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा जाने गरेका छन् । आरक्षपीडित, सुकुम्बासी, भूमिहीन तथा विपन्न परिवारका सक्रिय उमेर समूहका नागरिकहरू रोजगारीका लागि भारत जाँदा परिवारका बालबालिका समेत केही समयका लागि अभिभावकसँगै जाने र पुनः गाउँ फर्केर विद्यालय भर्ना हुने क्रम निरन्तर चलिरहन्थ्यो । यद्यपि गाउँमा अतिरिक्त कक्षाका रूपमा टोल शिक्षा कार्यक्रम लागु भएसँगै अधिकांश विद्यार्थीहरू अध्ययनमा केन्द्रित भएको पाइन्छ । 

कोभिड महामारीबाट सिर्जित शैक्षिक क्षति न्यूनीकरणका लागि बेलडाँडीमा गत फेब्रुअरीदेखि टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । गैरसरकारी संस्था युएसएआइडीको आर्थिक सहयोग, युनिसेफको समन्वयमा निड्स नेपालद्वारा सञ्चालित शिक्षामा कोभिड प्रतिकार्य परियोजनामार्फत उक्त टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम सुपरभाइजर दीपेन्द्र चौधरीले जानकारी दिनुभयो । बेलडाँडी गाउँपालिकाका १४ ओटा विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि तीन कक्षासम्मका विद्यार्थीहरूका लागि ८० ओटा टोल कक्षाहरू सञ्चालनमा छन् । अतिरिक्त समय व्यवस्थापन गरी अध्यापन गराउन प्रत्येक टोलमा एक एक जना टोल शिक्षक, स्पिकर र ट्याब उपलब्ध गराइएको छ भने शिशुदेखि ३ कक्षासम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहितको झोला र कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूलाई मिना किताब (बाल कथा सङ्ग्रह) समेत उपलब्ध गराइएको सुपरभाइजर चौधरीले बताउनु भयो । उहाँका अनुसार, विद्यार्थीहरूलाई घरमा समेत पठनपाठनको उचित वातावरण उपलब्ध गराउन अभिभावकहरूसँग समेत छलफल चलाइएको छ । 

यसैबिच, बेलडाँडी गाउँपालिका वडा नम्बर १ र २ अन्तर्गत सञ्चालित टोल कक्षाहरूको शुक्रबार अनुगमन गरिएको छ ।  बेलडाँडी गाउँपालिका वडा नम्बर १ मा रहेका सरस्वती माध्यमिक विद्यालय र कालिका आधारभूत विद्यालय तथा वडा नम्बर २ मा रहेका कञ्चन आधारभूत विद्यालय र त्रिशूली आधारभूत विद्यालयमा शुक्रबार अनुगमन गरिएको थियो । बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ, वडा नम्बर १ का वडाध्यक्ष गजबहादुर बिष्ट, वडा नम्बर २ का वडाध्यक्ष नारदसिंह उर्याल, वडा नम्बर १ का वडा सदस्य श्याम रावल सहितका जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, शिक्षा शाखाका प्रमुख भानुभक्त जोशी, प्राविधिक सहायक लोकेन्द्र बहादुर शाही, सहायक महिला विकास निरीक्षक शारदा पनेरू, निड्स नेपालका निवर्तमान अध्यक्ष अञ्जु जोशी भट्ट, परियोजनाका स्वयंसेवक द्राेपति भट्ट, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू र पत्रकार सहितको टोलीले टोल कक्षाहरूको अनुगमन गरेको परियोजनाका कार्यक्रम सुपरभाइजर दीपेन्द्र चौधरीले बताउनु भयो ।

अनुगमनपछि संक्षिप्त प्रतिक्रिया दिनु हुँदै बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले बालबालिकाको सिकाइलाई वृद्धि गर्ने उद्देश्यले निड्स नेपालको सहयोगमा सञ्चालन गरिएको टोल शिक्षा कार्यक्रम प्रभावकारी रहेको पाइएको उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रका विद्यार्थीका अभिभावकहरू प्रायः जसो कामका लागि घरबाहिर रहने हुँदा बालबालिकाको पढाइमा ध्यान पुर्‍याउन नसकेको परिस्थितिमा टोल शिक्षा कार्यक्रम उपलब्धिमूलक देखिएको उहाँको भनाइ छ । यद्यपि सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको उपस्थिति न्यून देखिएको प्रति उपाध्यक्ष नाथले चिन्ता व्यक्त गर्नुभएको छ । विद्यालयमा गरिने पठनपाठनलाई समेत टोल कक्षाले ठुलो सहयोग गरेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक एवं टोल कक्षा शिक्षक धन बहादुर रावतले टोल कक्षाबाट सामूहिक भावनाको विकास, बिहान बेलुकाको समयमा पढ्ने बानीको विकास, बालबालिकाको सिकाइ प्रतिको रुचि वृद्धि र बालबालिकाहरूलाई अभिभावकहरूले घरमा गराउन नसकेका क्रियाकलापहरू समेत टोल कक्षा मार्फत गराउन सकिएकोले उपलब्धिमूलक रहेको बताउनु भयो ।

टोल कक्षाहरू सञ्चालन गरिएपछि विद्यालयको पढाइमा समेत त्यसको प्रभावकारिता अझै उपलब्धिमूलक भएको र जसबाट विद्यार्थीहरू पढाइमा उत्साहित देखिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूको भनाइ छ । गाउँमा अतिरिक्त कक्षाका रूपमा टोल शिक्षा कार्यक्रम लागु भएसँगै अधिकांश विद्यार्थीहरू अध्ययनमा केन्द्रित भएको उहाँहरूको कथन छ ।  त्रिशूली आधारभूत विद्यालयका प्रधानाध्यापक देवी कुमारी शाहले पनि टोल कक्षाले बालबालिकाको पढाइमा थप सहयोग पुगेको बताउनु भयो । निड्स नेपालले त्रिशूली आधारभूत विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताका लागि समेत केही थप आर्थिक सहायता गरेको उहाँले बताउनु भयो । अन्य थुप्रै निकायमा धाउँदा समेत हालसम्म कुनै सहयोग नपाएको गुनासो गर्दै प्रधानाध्यापक शाहले निड्स नेपालको खुलेरै प्रशंसा गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तौला रानाले उक्त विद्यालयमा विगतको भन्दा यस वर्ष विद्यार्थी सङ्ख्यामा बढोत्तरी भएको र थप विद्यार्थी सङ्ख्या बढाउँदै शैक्षिक गुणस्तर सुधारका निम्ति विद्यालय परिवार केन्द्रित रहेको उल्लेख गर्नुभयो । 

उक्त कार्यक्रमले लक्षित उमेर समूहका बालबालिकाहरूको सिकाइ अभिवृद्धि, सिकाइका सामग्रीहरू प्राप्त गर्दा बालबालिकाहरूको मनोवैज्ञानिक रूपमा र सृजनशील तरिकाले सिक्ने वातावरण तयार भएको र यसका साथै कक्षा शिक्षकहरूको समेत क्षमता विकासमा टेवा पुगेको बेलडाँडी गाउँपालिका शिक्षा शाखाका प्रमुख भानुभक्त जोशीको भनाइ छ । निड्स नेपालका निवर्तमान अध्यक्ष अञ्जु जोशी भट्टले कोभिडको समयमा कोभिड रोकथामका लागि विद्यालयहरूमा क्वारेनटाइन राखिएको र पछि पुनः विद्यालयमा नियमित पठनपाठन गराउन कठिन परिस्थिति रहेको समयमा टोल कक्षाको अवधारणा ल्याइएको बताउनु भयो । त्यसयता बिहान बेलुकाको समयमा टोल कक्षा सञ्चालन गरिरहँदा त्यसको राम्रो सन्देश गएको उहाँको भनाइ छ । निड्स नेपालले कञ्चनपुर, कैलाली, बैतडी र अछाम गरी चार जिल्लाका दश ओटा पालिकाहरूमा उक्त परियोजना लागु गरेको छ । कञ्चनपुरमा भने बेलडाँडी र लालझाडी गाउँपालिकामा परियोजनामार्फत टोल कक्षाहरू सञ्चालन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९, १७:५०:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/social/education/4398
उग्रतारा फुड फेस्टिभल : विद्यार्थीहरूको सीप मिठामिठा परिकारमा
https://www.nepalbodh.com/social/education/4396
कामको खोजीमा भारत जानुपर्ने बाध्यताको असर बालबालिकाको शिक्षामा (भिडियो रिपोर्ट)
https://www.nepalbodh.com/social/education/4394
बेलौरी नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विज्डम प्रथम, शान्ति द्वितीय र उग्रतारा तृतीय
https://www.nepalbodh.com/social/education/4374
सुदूरपश्चिम विश्वविद्यालयकाे मूल गेटमै विद्यार्थी सङ्गठनको अनसन
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP