हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ जेठ । कञ्चनपुरको बेलौरीबाट प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर १० स्थित शिवनगर बस्ने ३८ वर्षीय बलराम चौधरीलाई आइतबार दिउँसो भारत बडर हुँदै नेपाल तर्फ शङ्कास्पद रूपमा आउँदै गरेको अवस्थामा प्रहरी नायव निरीक्षक महेश राम महरको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागु औषध फेला पारेको बताइएको छ । चौधरीको साथबाट १२.११ ग्राम लागु औषध खैरो हेरोइन जस्तो खैरो धुलो पदार्थ फेला पारी बरामद गरिएको र चौधरीलाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दान सिंह भण्डारीले जानकारी दिनुभयो ।