काठमाडौँ । गए राति भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकाका साथै आसपासका जिल्लाहरू धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखामा समेत महसुस गरिएको बताइएको छ । भूकम्पबाट कुनै क्षति भएको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।