हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ फागुन । कञ्चनपुरको पुनर्वासमा पानीको खाल्डोमा डुबेर एक शिशुको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ भर्री घर भई कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथ बस्तीस्थित सिद्धविनायक इँटा भट्टामा काम गर्ने दिनेश चौधरीका डेढ वर्षीय छोरा रोमन चौधरीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेलिरहेको अवस्थामा इँटा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका शिशुको सोही ठाउँस्थित बिएन पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।