हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजार बस्ने ४६ वर्षीय ऋषि राम कँडेललाई अवैध लागू औषध खैरो हेरोइन सहित गए राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।