कञ्चनपुर, २९ असोज । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश भूगोलबाट केन्द्रीय कमिटीमा रहेका नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ । माओवादी केन्द्र केन्द्रीय कमिटीले भूगोलमा रहेका केन्द्रीय सदस्यहरूलाई विभिन्न भूगोलदेखि विभाग, जन वर्गीय संघ सङ्गठनहरूको जिम्मेवारी बाँडफाँड गरेको हो । मंगलबार माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले जारी गरेको परिपत्र अनुरूप केन्द्रीय कमिटीबाट जिम्मेवारी पाएका सुप प्रदेश भूगोलबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई सङ्घीय निर्वाचन, प्रदेश निर्वाचन, सदन, विभाग जन वर्गीय संघ सङ्गठनहरूको जिम्मेवारी दिइएको जनाएको छ । प्रदेश कार्यदलमा प्रदेश इन्चार्ज एव केन्द्रीय सचिव गिरिराजमणि पोखरेल, सदस्य स्थायी कमिटी सदस्य एव प्रदेश सहइन्चार्ज खगराज भट्ट, केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज बिना मगरलाई राखिएको छ । प्रदेशका ९वटै सङ्घीय र प्रादेशिक निर्वाचन क्षेत्रमा इन्चार्ज तोकिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र १ दिपा चौधरी, (क) बिरबल विश्वकर्मा, (ख) दिपा चौधरी, क्षेत्र २ निर्मला बडाल (जोशी), क्रमशः प्रदेश निर्मला बडाल, गोविन्द विक, क्षेत्र ३ इन्चार्ज मान बहादुर सुनार क्रमशः माया नेगी, मान बहादुरलाई जिम्मेवारी दिएको छ । कैलाली क्षेत्र १ तिल बहादुर परिवार, प्रदेश क्रमशः हरिराम श्रीपाइली, पदम गिरी, क्षेत्र २ लाल बहादुर सोडारी, प्रदेश क्रमशः गोविन्द, तिम्लिसिना, विमला सिंह (न्यौपाने) र क्षेत्र ३ लक्ष्मीराम आचार्य प्रदेश क्रमशः झत्त बहादुर विक, विक्रम विक, क्षेत्र ५ ओम पुन प्रदेश क्रमशः गङ्गा चौधरी, शान्ति नेपालीलाई जिम्मेवारी दिएको छ । अछाम क्षेत्र १ दीपक बहादुर साउद प्रदेश क्रमशः दीपक बहादुर साउद, लोक बहादुर बोहरा(ज्वाला), क्षेत्र २ राम प्रसाद तिम्सिना, प्रदेश क्रमशः राम प्रसाद तिम्लिसिना, मोतीकला चलाउने, डोटी क्षेत्र १ इन्चार्ज त्रिलोचन प्रसाद भट्ट प्रदेश क्रमशः डम्बर बहादुर घर्ती (मगर), जङ्ग बहादुर विक,डडेलधुरा निर्वाचन क्षेत्र १कुन्ती जोशी, प्रदेश क्रमशः भारत धानुक, बैतडी निर्वाचन क्षेत्र १ नरेन्द्र बहादुर कुँवर, प्रदेश क्रमशः दल बहादुर धामी(अग्नि), भुवनचन्द्र विक, दार्चुला निर्वाचन क्षेत्र १ लक्ष्मण दत्त जोशी, प्रदेश क्रमशः लक्ष्मण दत्त जोशी, ललित सिंह ठगुन्ना, बझाङ निर्वाचन क्षेत्र १ मीन बहादुर कुँवर प्रदेश क्रमशः मीन बहादुर कुँवर,मनलाल खत्रीलाई जिम्मेवारी दिएको छ ।
यसै गरी माओवादी केन्द्रले ३२ विभाग र ३२ जन वर्गीय संघ सङ्गठनहरूको समेत जिम्मेवारी तोकेको छ । पाटी स्कुल विभागमा ओम पुन, प्रदेश मामिलामा निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट, स्थानीय तह विभागमा जमन सिंह धामी, सुशासन विभागमा हेमराज भट्टराई, नीति, अनुसन्धान प्रतिष्ठानमा राम प्रसाद तिम्लिसिना, सूचना तथा प्रविधि विभाग शरद सिंह भण्डारी, अर्थ तथा योजना विभागमा मान बहादुर धामी उत्पादन विभागमा भरत बहादुर बडुवाल, वन तथा वातावरण विभाग रमेश धामी, प्रचार तथा प्रकाशन विभागमा ओम विक्रम भाट (सरल), युवा तथा खेलकुद विभाग दीपक साउद, शिक्षा तथा मानव स्रोत विभाग झपट बहादुर साउद, साहित्य कला तथा सांस्कृतिक विभागमा मञ्जु बम, विज्ञान तथा प्रविधि विभाग लोक बहादुर बोहरा, विपद् व्यवस्थापन विभाग सरु चौधरी, समाजकल्याण विभाग माया नेगी,कृषि तथा भूमि सुधार विभाग बिरभान चौधरी,सहकारी तथा गरिबी निवारण विभाग लोकेन्द्र लम्साल, स्वास्थ्य तथा जनसङ्ख्या विभाग शङ्कर बहादुर खडका, योग तथा ध्यान विभागमा जगत् पार्की, महिला विभाग देवकी मल्ल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग शिवसिंह ओली,खानेपानी तथा सरसफाइ विभाग लक्ष्मी विक, सामान्य प्रशासन विभाग तारामान स्वाँर, सहरी विकास रेनु चन्द, श्रम तथा रोजगारी विभाग विनीतादेवी चौधरी, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग रुपासोसी चौधरी,जलस्रोत तथा ऊर्जा विभाग हरिलाल ज्ञवाली,उपभोक्ता हित तथा आपूर्ति विभाग देवीलाल चौधरी, कानुन तथा मानव अधिकार विभाग धर्मराज विक,पुस्तकालय तथा अभिलेख विभाग शान्ति नेपाली र कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रेम बयकलाई जिम्मेवारी दिएको छ ।
यसै गरी माओवादी केन्द्रले जन वर्गीय मोर्चामा हरिलाल ज्ञवाली, अखिल क्रान्तिकारी लक्ष्मीराम आचार्य, अखिल नेपाल महिला संघ क्रान्तिकारी देवकी मल्ल, एकीकृत अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी लोकेन्द्र लम्साल, योङ कम्युनिस्ट लिग नेपाल (वाईसियल) लाल बहादुर सोडारी, अखिल नेपाल टे«ड युनियन महासङ्घ कृष्ण कुमार चौधरी, नेपाल दलित मुक्ति मोर्चा गोविन्द बहादुर विक, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन देवराज रेग्मी, प्रेस सेन्टर नेपाल ओम विक्रम भाट(सरल), अखिल नेपाल जन सांस्कृतिक महासङ्घ मञ्जु बम, नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन शङ्कर बहादुर खडका, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन हेमराज भट्टराई, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ गोविन्द तिमिल्सिना, अखिल नेपाल खेलकुद महासङ्घ दीपक बहादुर साउद, नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन रमेश सिंह धामी, नेपाल राष्ट्रिय इन्जिनियरिङ सङ्गठन रेनु चन्द, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ झपट बहादुर साउद, नेपाल राष्ट्रिय व्यापार महासङ्घ भगत बहादुर बडुवाल, अखिल नेपाल क्रान्तिकारी अपाङ्ग संघ दल बहादुर धामी(अग्नि), अखिल नेपाल सुकुम्वासी संघ लक्ष्मी विक, आरपिएलएएन हरिराम श्रीपाइली, पूर्व पिएल मान बहादुर धामी(सन्तोष),नेपाल भूतपूर्व सैनिक सङ्गठन जगत् पार्की, रिटर्नी सेन्टर नेपाल शिवसिंह ओली, जनक्रान्तिका घाइते अपाङ्ग सङ्गठन प्रेम बयक, सहिद परिवार समाज मोतीकला चलाउने, आदिवासी जनजाति संयुक्त मोर्चा बिरमान चौधरी, थारु राष्ट्रिय मोर्चा देवीलाल चौधरी, मगर राष्ट्रिय मोर्चा ओम प्रकाश पुनार, तामाङ राष्ट्रिय मोर्चा डम्बर बहादुर घर्ती मगर र प्रतिष्ठान जनार्दन जोशीलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी दिँदै पाटीले अघि सारेर तीने महिने अभियान प्रभावकारी पार्नुका साथै सुप प्रदेशमा माओवादी केन्द्रले जितेका वडा, पालिकाहरूमा दिगो विकासका लागि नमुना बनाउन समेत निर्देशन दिएको छ ।