कञ्चनपुर, ०८ फागुन । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बेलौरी कञ्चनपुरको चौथो नगर अधिवेशन फागुन ३ गते उद्घाटन भई फागुन ७ गते एक कार्यक्रमका बीच नवनिर्वाचित नगर समितिको घोषणा गर्दै सम्पन्न भएको छ । फागुन ३ गते नगर अध्यक्ष दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा उद्घाटन भएको अधिवेशनमा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरका अध्यक्ष वेद प्रसाद उपाध्याय रहनुभएको थियो ।

विशिष्ट अतिथिका रूपमा नेकपा (एमाले) कञ्चनपुरका सचिव पल्लवराज भट्ट तथा अन्य अतिथिहरू नेपाल शिक्षक महासंघ बेलौरी नगर अध्यक्ष प्रेम प्रसाद अधिकारी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय महाधिवेशन प्रतिनिधि हरि प्रसाद रिजाल, पेसागत महासंघ नेपालका केन्द्रीय सदस्य जयन्ती पन्त, नेपाल शिक्षक महासंघ कञ्चनपुरका सचिव जगदीश प्रसाद जोशी लगायत रहनुभएको थियो । उद्घाटन समारोहमा नगर समिति सदस्य लाल बहादुर शाहीले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सञ्चालन नगर समिति उपाध्यक्ष सत्यराज जोशीले गर्नुभएको थियो ।

अधिवेशनले राधा काफ्लेको अध्यक्षतामा २९ सदस्यीय नगर समिति चयन गरेको छ । उपाध्यक्षमा छटक बहादुर चौधरी, महिला उपाध्यक्षमा दुर्गा शर्मा खनाल, सचिवमा टीका क्षेत्री, कोषाध्यक्षमा जयराम सुनार, सह-सचिवमा हर्ष बहादुर शाही, सह-कोषाध्यक्षमा यशोदा जोशी तथा अन्य सदस्यहरू चयन हुनु भएको छ ।

अधिवेशनले सङ्गठनात्मक एवम् आर्थिक प्रतिवेदनबारे छलफल गर्दै समसामयिक प्रस्ताव समेत पारित गरेको छ । फागुन ७ गते नव निर्वाचित नगर समितिलाई अध्यक्ष वेद प्रसाद उपाध्यायले प्रमाणपत्र वितरण तथा सपथ गराउनुभएको थियो ।

नव निर्वाचित नगर समितिलाई निवर्तमान अध्यक्ष दिपेन्द्र कुमार चौधरी, नेपाल शिक्षक महासंघ अध्यक्ष प्रेम प्रसाद अधिकारी, पेसागत महासंघ नेपालका केन्द्रीय सदस्य जयन्ती पन्त, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय महाधिवेशन प्रतिनिधि हरि प्रसाद रिजाल तथा जिल्ला अध्यक्ष वेद प्रसाद उपाध्यायले बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना दिनुभएको थियो ।

निर्वाचन समिति सदस्य विष्णुप्रसाद तिवारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने निर्वाचन संयोजक लक्ष्मण खरेलले निर्वाचन घोषणा गर्नुभएको थियो ।