कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटान क्षेत्रमा नयाँ शैक्षिक संस्थाका रूपमा ‘कमब्याक लर्निङ हब’ सञ्चालनमा आएको छ । विद्यालय शिक्षामा देखिएको शैक्षिक चुनौतीलाई मध्यनजर गर्दै संस्थाले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी औपचारिक रूपमा ट्युसन कक्षाहरू सुरु गरेको हो । साइन्स क्याम्पस नजिक स्थापना गरिएको उक्त संस्थाले विद्यार्थीहरूको आधारभूत सिकाइ सुदृढ गर्नुका साथै परीक्षा केन्द्रित तयारी, अवधारणा स्पष्टिकरण र व्यावहारिक अभ्यासमा विशेष प्राथमिकता दिने जनाएको छ । पछिल्लो समय विद्यालय तहमा विद्यार्थीहरूको सिकाइ उपलब्धि कमजोर बन्दै गएको, आधारभूत विषयमा पकड कमजोर देखिएको तथा प्रतिस्पर्धात्मक शिक्षामा विद्यार्थीहरूलाई थप मार्गदर्शन आवश्यक परेको अवस्थालाई ध्यानमा राख्दै कमब्याक लर्निङ हब स्थापना गरिएको सञ्चालक पक्षले जनाएको छ ।

संस्थाले विद्यार्थीहरूको आवश्यकता अनुसार एकल विषय तथा सम्पूर्ण विषय अध्ययन गर्ने ‘फुल प्याकेज’ दुवै सुविधा उपलब्ध गराएको छ । विशेषगरी गणित, विज्ञान, अंग्रेजी लगायतका विषयमा अनुभवी तथा दक्ष शिक्षकमार्फत नियमित कक्षा सञ्चालन भइरहेको जनाइएको छ । कमब्याक लर्निङ हबका सञ्चालक नरेश बहादुर चन्दले विद्यार्थीहरूलाई पाठ रटाउने भन्दा पनि विषयवस्तुको वास्तविक बुझाइ विकास गराउने उद्देश्यका साथ अध्यापन सुरु गरिएको बताए । उनका अनुसार विद्यार्थीहरूको व्यक्तिगत क्षमता पहिचान गरी उनीहरूलाई आवश्यक मार्गदर्शन, नियमित मूल्यांकन तथा अभ्यासमार्फत सिकाइ प्रभावकारी बनाइनेछ ।

“विद्यार्थीले पढेको कुरा व्यवहारमा बुझ्न सक्ने वातावरण तयार गर्नु हाम्रो प्राथमिकता हो,” सञ्चालक चन्दले भने, “विद्यालयको पाठ्यक्रमसँगै विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्ने, परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने र भविष्यका लागि सक्षम बनाउने लक्ष्य राखेका छौँ ।” उनले आगामी केही महिनाभित्र +2 तहअन्तर्गत PCM (Physics, Chemistry, Mathematics) कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । त्यसैगरी व्यवस्थापन संकायका कक्षा तथा विभिन्न कम्प्युटर कोर्सहरू समेत सञ्चालन गर्ने योजना संस्थाले अघि बढाएको छ । स्थानीय अभिभावकहरूले पनि गुणस्तरीय ट्युसन शिक्षाको आवश्यकता महसुस गरिरहेका बेला कटान क्षेत्रमा यस्ता शैक्षिक संस्था सञ्चालन हुनु सकारात्मक कदम भएको बताएका छन् ।
विद्यार्थीहरूलाई घर नजिकै प्रभावकारी शैक्षिक वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ । ट्युसन कक्षा सुरु भएसँगै विद्यार्थी तथा अभिभावकहरूमा उत्साह र सकारात्मक चासो देखिएको संस्थाले जनाएको छ । नयाँ शैक्षिक सत्रसँगै भर्ना प्रक्रिया समेत खुला गरिएको छ । कमब्याक लर्निङ हबले सीमित सिट रहेको जनाउँदै इच्छुक विद्यार्थीहरूलाई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । थप जानकारीका लागि इच्छुक विद्यार्थी तथा अभिभावकहरूले निम्न नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन् :
📞 ९८०६४८७१९०, ९७४१८८७४१८, ९७४९४५३१८७, ९७६१३२०२१० ।