Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, जेठ १७, २०८०
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
स्थानीय सरकार
  • Home
  • News
  • मष्टा गाउँपालिका वडा नम्बर ३ द्वारा एक वर्षमा भए गरेका ५५ वटा कामहरू सार्वजनिक
मष्टा गाउँपालिका वडा नम्बर ३ द्वारा एक वर्षमा भए गरेका ५५ वटा कामहरू सार्वजनिक
Laljhadi RM @ Ghatana darta 02-22 samma
NB Computer Institute
64x64
बिहीबार, जेठ ११, २०८० NB Media Network
1140x725
Shubharambha pharmacy transfer Notice @ 12-18 2079
बझाङ, ११ जेठ । बझाङको मष्टा गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयले एक वर्षमा गरेका ५५ वटा कामहरूको विवरण सार्वजनिक गरेको छ । गत वर्ष बैशाख ३१ गते भएको स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाका जनप्रतिनिधिहरूले एक वर्षमा भए गरेका कामहरूको विवरण सार्वजनिक गरिएको हो । निर्वाचित भएको एक वर्षमा वडाको टिमले गरेका कार्य के कति सफल भए भन्ने कुराको मूल्याङ्कन वडावासीले नै गर्ने उल्लेख गर्दै वडा अध्यक्ष धर्मराज धामीले आगामी समयमा पनि सबैको साथ, सहयोग र खबरदारीले वडालाई समृद्धि तर्फ डोर्‍याउने प्रतिबद्धता जनाउनु भयो ।
“मलाई अरूको जस्तो तडकभडक, हाई फाई र आफ्नो प्रचार आफै गर्न आउँदैन । र मलाई त्यस्तो मन पनि पर्दैन । मैले गरेको कामको हरेक मूल्याङ्कन गरेर मलाई तपाईँको सुझाव, सल्लाह र सहारा दिन हुन म वडावासीलाई अनुरोध गर्दछु ।” वडाध्यक्ष धामीले भन्नु भएको छ । “मलाई अमूल्य मत दिएर विजय गराउनु हुने मेरा प्रिय देउतारूपी मतदाताहरूमा प्रणाम गर्दै तपाईँका सपना र तपाईँहरूले म प्रति लगाएको गुन म कहिल्यै भुल्ने छैन । र म सदैव तपाईँको सेवामा समर्पित रहने छु ।”

चालु आर्थिक वर्षमा भएका कामहरूबाट उक्त वडाका नागरिकहरू सन्तुष्ट रहेको सोही ठाउँ बस्ने धन बहादुर कामी बताउनु हुन्छ । नागरिकका अपेक्षा अनुसार नै सबै कार्य नभए पनि उपलब्ध स्रोतसाधनको सदुपयोग गर्दै वडाले गरेका कार्यहरूबाट वडावासीहरूलाई सन्तुष्टि मिलेको सोही ठाउँ बस्ने किसानजंग कठायत भन्नुहुन्छ । आगामी दिनहरूमा थप सेवा सुविधा बढाउन, विकासका कामलाई तीव्रता दिन र वडावासीका चाहना अनुसारका काम गर्न वडाका जनप्रतिनिधि र कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण रहने वडावासीहरूको अपेक्षा छ । उक्त क्षेत्रमा विद्युतीकरणका लागि राष्ट्रिय प्रसारण लाइनमा जोड्न पहल भइरहेको वडा सचिव हर्केश कठायतले जानकारी दिनुभयो । त्यस्तै, स्थानीय उत्पादनलाई बजारीकरण र प्रवर्द्धन गर्न प्रत्येक शनिबारको दिन हाट बजार सञ्चालन गर्न आवश्यक संरचना निर्माण भइरहेको समेत उहाँले बताउनु भयो ।

यी हुन् मष्टा गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयले एक वर्षमा गरेका कामहरू :
१–लाम्पाटा देखि हडेना सम्मको सडकको स्तर उन्नति,सफाइ र मोड मिलान।
२–मष्टाका सबै टोलमा अघिल्लो सरकारको पालामा सडक पुगेको र छुटेका निर्णायक बस्ती गैरिगाँउमा मोटर बाटो सडक निर्माण कार्य सम्पन्न।
३–धामी गाउँ देखि सेरा सम्म सडक निर्माण कार्य सम्पन्न।
४–मालिका विद्यालय बाट वडा कार्यालय सम्म भत्किएको सडक पुन निर्माण।
५–भिन्मड चुफी ढुङ्गा देखि गापा भवनसम्म जोड्ने सडक निर्माण तत्काल हुँदै।
६–भण्डारी गाउँ दुई वटा मुहान बाट छुट्टाछुट्टै खानेपानी निर्माण।
७–भण्डारी गाउँ बस्ती सुधार कार्यक्रम तत्काल लागू हुँदै।
८–गापा  भण्डारी गाउँ हुँदै वडेतोला रोडको तत्काल पहल हुँदै।
७–भिन्मड मुलाटा खोला तटबन्धन कार्य सम्पन्न।
८–भिन्मड दौला खोला तटबन्धन कार्य सम्पन्न
९–भवानी प्रा बि भिन्मड दुई कोठे पक्की भवन निर्माण कार्य सम्पन्न।
१०–भिन्मड टोलमा असहाय विपन्न तथा एकल महिलालाई आय आर्जनका लागि बाख्रा वितरण।
११–भिन्मड गैरागडा खानेपानी निर्माण कार्य जारी।
१२–भिन्मड ढुङ्गे धारा निर्माण कार्य सम्पन्न।
१३–भिन्मड दलित बस्ती क्रिया घर निर्माण कार्य सम्पन्न।
१४–भिन्मड निलखटी पदमार्ग कार्य सम्पन्न।
१५–मालिका प्रा बि मा दुई कोठे पक्की भवन निर्माण कार्य सम्पन्न।
१६– मालिका प्रा बि मा घेरबार कार्य सम्पन्न।
१७–मालिका प्रा बि मा फर्निचर निर्माण कार्य जारी।
१८–युवा वर्ष प्रावि गैरी गाउँमा घेरबार कार्य सम्पन्न।
१९–गैरी गाउँ खानेपानी निर्माण कार्य जारी।
२०–गैरी गाउँ वडेतोला तटबन्धन काम सम्पन्न।
२१– गैरी गाउँमा सिचाइ टङ्की निर्माण।
२२–गैरि गाउँ आलु पकेट व्यवसायी कार्यक्रम लागू।
२३–मष्टा मन्दिर गेष्ट हाउस मर्मत कार्य सम्पन्न।
२४–मष्टा मन्दिर गेष्ट हाउका लागि फर्निचर खरिद।
२५–मष्टा मन्दिरमा चार वटा शौचालय निर्माण।
२६–मष्टा मन्दिरको फिल्ड निर्माण।
२७–धामी गाउँ धारी खोला तटबन्धन कार्य सम्पन्न।
२८–धामी गाउँ ढुङ्गे धारा निर्माण।
३०– मष्टा मन्दिरलाई राष्ट्रिय सम्पदा भित्र जोड्दै आन्तरिक र बाह्य पर्यटनको भित्र्याउनका लागि यसको संरक्षण,संवर्द्धन सहित पुनः निर्माणका लागि राष्ट्रिय स्तरमा र विभिन्न मन्त्रालयमा पहल।
३१–वडा नम्बर ३ कै प्रसिद्ध र आकर्षक भूमि मालिका थानको मन्दिर निर्माण,र घेरवार कार्य सम्पन्न।
३२–सेरा खानेपानी निर्माण कार्य जारी।
३३–सेरा गिर सैन प्रावि को शौचालय निर्माण कार्य सम्पन्न।
३४–सेरा गिरसैन प्रावि को घेरबार कार्य जारी।
३५–वडा कार्यालय खानेपानी धारा निर्माण।
३६–वडा उप स्वास्थ्य चौकी फोहोर व्यवस्थापन डम्पिङ साइड निर्माण कार्य जारी।
३७– वडा कार्यालयको दोस्रो तलाको भवन निर्माण कार्य सम्पन्न।
३८–वडा कार्यालयको फिल्ड कटान।
वडा कार्यालय घेरवार प्रक्रिया जारी।
३९– वडा न. ३ का पाँच वटै बस्तीमा विपन्न,असहाय र गरिब परिवारलाई खाद्यान्न वितरण।
४०–जाडोको बेला वयोवृद्ध हरूलाई ६० वटा ब्लाङ्केट वितरण।
४१–विदेशी मदिरा भन्दा घरेलु मदिरालाई निश्चित मापदण्ड बनाई जीवन यापन गर्न आयआर्जन सँग जोड्दै उत्पादन र समतामूलक समाज निर्माण गर्ने कार्य जारी ।
४२–विद्यार्थी सँग वडा सरकार कार्यक्रम अन्तर्गत विपन्न परिवारका विद्यार्थीलाई प्रोत्साहन स्वरूप शैक्षिक सामाग्री वितरण तत्काल गरिँदै।
४३–वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने वडा भित्रका विद्यालयलाई पुरस्कृत गरिने।
४४–वडा सरकारले प्रत्येक शुक्रबार  विद्यालयमा आफ्नो स्थानीय संस्कृति,सभ्यता,मौलिकता झल्काउने कार्यक्रम लागू।
४५–छुवाछूत सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न।
४६–छाउपडी प्रथा उन्मुलन सम्बन्धी वडा अभियान सम्पन्न
४६– उत्पादन र रैथाने बाली सम्बन्धी विभिन्न तालिम सम्पन्न।
४७– युवा सञ्जाल गठन।
४८– वडा महिला सञ्जाल गठन।
४९– वडा न्यायिक तथा मेलमिलाप समिति गठन।
५०–हाम्रो जङ्गलमा पाइने वन्यजन्तुको संरक्षणका लागि टोल टोलमा वन्य जन्तु र बन सम्बन्धी अभियान।
५१– बहुमूल्य जडीबुटीको व्यवस्थापन र संरक्षण का लागि जिल्ला बन कार्यालय सँग साझेदारी कार्यक्रम।
५२–उत्पादनलाई सबलीकरण र खाद्यान्नमा आत्म निर्भरको नारा सहित प्रत्येक खेती योग्य जमिनको माटो परीक्षण कार्य सम्पन्न।
५३–ओखर र फलफूल खेतीका लागि छुटै पकेट क्षेत्रको तत्काल पहल गरिँदै।
५४–वडा सरकार  जनताको सहारा भन्ने मूल नारा सहित विपन्न परिवारका बिरामीलाई राहत स्वरूप उपचार खर्च प्रदान।
५५–वडा सरकारबाट हुने हरेक सेवा मुस्कान, आदर र सम्मान सहित प्रदान गर्ने कुरा व्यवहार मा लागू।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०, १७:१९:००
Shubharambha @ MadhuPandey-jeth 19
Shubharambha @ Vikash Paudel jeth 20 1
Shubharambha @ Dr. Amrit Ghirmire-jeth 21
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/local-government/4606
बेलडाँडीमा बेथिति : युवाहरू सक्रिय
https://www.nepalbodh.com/local-government/4595
पुनर्वास नगरपालिकाको प्रवक्ताको जिम्मेवारी विनोदलाई
https://www.nepalbodh.com/local-government/4592
बेलौरीमा मन्दिर विवाद : वडा कार्यालयमा तालाबन्दी
https://www.nepalbodh.com/local-government/4585
लालझाडी : ‘पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना’ को प्रगति समीक्षा
Malpot Notice @ 02-17 2080
Dengue PSA @ Beldandi RM
विकास निर्माण
बेलौरी छोटी भन्सारलाई स्तरोन्नतिका लागि.... NB Media Network
निर्माणाधीन चार लेनको पक्की पुलमा.... NB Media Network
नगरलाई जगाउँदै प्रदेश सभा सदस्य.... NB Media Network
Jagdamba Hospital Adv @ 02-01 to 02-06 2080
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Shubharambha @ Vikash Paudel jeth 20 2
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Vikash Paudel jeth 20 3
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Shubharambha @ medicine
hamropatro_homepage
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP