हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ कार्तिक । कञ्चनपुरको महाकाली नदि किनारबाट शुक्रबार राति एक बजे देखि सम्पर्क बिहिन भएका सुरक्षा गार्ड तुला सुनाह (तुल्ली) सकुशल भेटिएका छन् । कञ्चनपुरको महाकाली नदि किनारमा सुरक्षा गार्डको काम गर्ने ४५ वर्षीय तुला सुनाह (तुल्ली) शनिबार बिहान कञ्चनपुरको माहाकाली नगरपालिकामा सकुशल भेटिएको महाकाली पुल निर्माण कम्पनी कुमार सि.एफ.ई.सी जेभिका इन्जिनियर किशोर राज पाण्डेयले जानकारी दिनुभयो । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नति टोल बस्ने सुनाह भेटिएपछि महाकाली प्रादेशिक अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ । उनी के कति कारणले सम्पर्क बिहिन भएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।
NULL