हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियता, गणतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन गरिएको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सोमबार कञ्चनपुरको बेलौरीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश दुर्घटनामा जानबाट बचाउन दीर्घकालीन रूपमा गठबन्धन कायम राखिने उल्लेख गर्नुभयो ।
उहाँले कञ्चनपुरको दक्षिणी क्षेत्रमा भन्सार नाका स्तरोन्नति, सीमा समस्या समाधान लगायतका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउनु भएको छ । कञ्चनपुर जिल्लाका विभिन्न स्थानीय तहहरूमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेपनि बेलौरी नगरपालिकामा भने कुनै किसिमको गठबन्धन गरिएको छैन ।