अछाम, १७ वैशाख । गए राति हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोला काटियाँका १२ वर्षीय सुरत कामीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । चट्याङ लागेर सोही ठाउँ बस्ने ७० वर्षीय वृकिसे रावल, ६० वर्षीय रने कामी, ५५ वर्षीया मना कामी र ५० वर्षीया जयसरा कामी सामान्य घाइते भएका छन् ।