Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
बुधबार, माघ २५, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
खास खबर
  • Home
  • News
  • १५ वर्षीया बालिका सुत्केरी भएपछि...
१५ वर्षीया बालिका सुत्केरी भएपछि...
Mahotsav @ Belauri
ADV @ NB Media Network
64x64
सोमबार, माघ ९, २०७९ NB Media Network
1140x725
Ishan @ job vacancy
Ishan Memorial Hospital Adv

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ माघ । कञ्चनपुरको बेलौरीमा १५ वर्षीया एक बालिका सुत्केरी भएपछि खैलाबैला मच्चिएको छ । अवैध गर्भधारणबाट शिशुलाई जन्म दिएर आमा बनेकी ती बालिका भने अविवाहित हुन् । अविवाहित बालिकाले शिशु जन्माएपछि कस्काे संसर्गबाट उक्त बच्चा जन्मियो भन्ने प्रश्न भने हालसम्म अनुत्तरित नै रहेको छ । तर बालिकाका परिवारका सदस्यले भने उक्त घटनालाई नै बाहिर ल्याउन नचाहेको सङ्केत देखिन्छ । यद्यपि घटनाको विषयमा बाहिर चर्चा परिचर्चा हुन थालेपछि पीडित पक्षबाट बालिकाको भिनाजु नाता पर्ने एक जना भारतीय करिब २२ वर्षीय युवकको नाममा किटानी जाहेरी आएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभएको छ । यस अघि बैशाख १९ गतेका दिन ती युवक र बालिका दुवै जनालाई भारततर्फ भाग्ने क्रममा प्रहरीले नियन्त्रण लिई अभिभावकको जिम्मा लगाएको रिपोर्ट प्रहरी समक्ष देखिन्छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

संवैधानिक एवं कानुनी व्यवस्था ।।

मुलुकी अपराध संहिता २०७४ ले १८ वर्षभन्दा कम उमेरको नाबालिगसँग सहमतिमै सम्बन्ध रहे पनि बलात्कार हुने कानुनी व्यवस्था गरेको छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालको संविधान २०७२ को धारा ३९ (५) को बालबालिकाको हक अन्तर्गत कुनै पनि बालबालिकालाई बालविवाह, गैर कानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने व्यवस्था छ । सोही धाराको उपधारा ६ मा संस्कृति वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारले बालबालिकालाई शोषण गर्न वा अनुचित रूपमा प्रयोग गर्न नपाउने व्यवस्था छ । यस विपरीतका कार्य कानुन बमोजिम दण्डनीय हुने र पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने संवैधानिक हक पनि छ । 

बलात्कारका घटना मिलापत्र गराए कैद र जरिवाना ।।

सरकारले बलात्कारमा संलग्न र बलात्कारका घटनामा मिलापत्र गराउनेहरूलाई कानुनको दायरामा ल्याउन २०७७ मङ्सिर ७ गतेका दिन केही ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशले बलात्कारका घटनामा संलग्नहरूको हकमा कैद सजायमा व्यापक परिवर्तन गरिएको छ । विगतमा रहेको १० वर्षमुनि र ७० वर्ष माथिको प्रावधान यथावत् राख्दै अन्यको हकमा उमेर अनुसार १६ वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको छ । यस्ता घटनामा मेलमिलाप गराउनेहरूलाई पनि सजायको दायरामा ल्याउने व्यवस्था छ । बलात्कारका घटनाहरूमा मिलापत्र गरी गुपचुप राख्न पीडकले पीडितलाई विभिन्न प्रलोभनमा पार्ने गरेकोले सजायको व्यवस्था गरिएको हो । बलात्कार घटनाहरूमा कुनै पनि हालतमा मेलमिलाप गर्न नपाइने गरी संशोधन गरिएको हो । मेलमिलापमा संलग्नलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९, २३:३८:००
Shubharambha @ Vikash Paudel- Fagun 3
Madhu Pandey-falgun 12 & 13
Dr. Amrit Ghirmire-flagun 7
Mahotsav @ MNR 1
Shubharambha @ Dr. kartikesh-falgun 6
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/special-news/4395
लागु औषध सहित शुक्रबार मात्रै तीन जना पक्राउ
https://www.nepalbodh.com/special-news/4393
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
https://www.nepalbodh.com/special-news/4392
लागु औषध सहित तीन जना पक्राउ
https://www.nepalbodh.com/special-news/4389
मोटरसाइकलको ठक्करबाट घाइते चौधरीको मृत्यु
Mahotsav @ MNR
विकास निर्माण
महत्त्वपूर्ण आयोजनाको प्रगति निराशाजनक NB Media Network
डोकेबजार देखि बेलौरी-बेलडाँडी हुँदै दैजी.... NB Media Network
दोदा नदि माथि निर्मित झोलुङ्गे.... NB Media Network
Shubharambha @ medicine
Shubharambh @ SKIN TREATMENT
Shubharambha @ Vikash Paudel- Fagun 3 samma
प्रेरक प्रसंग
मनकारी वडाध्यक्ष भुन्टु : वर्षेनी.... सोमबार, असोज २५, २०७८
अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री.... बुधबार, जेठ १९, २०७८
जन्मदिनको अवसरमा पत्रकार बिसीद्वारा खाद्यान्न.... शुक्रबार, वैशाख ३, २०७८
Ishan @ Dr Mukesh 1
भिडियो ग्यालरी
सुनको महल शुक्रबार, वैशाख २४, २०७८
पिर लाग्छ मोयाको बिहीबार, वैशाख ९, २०७८
FULEKO PHOOL शनिबार, कात्तिक ३०, २०७६
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily
police PSA
फोटो ग्यालरी
दाेधाराचाँदनी झाेलुङ्गे पुल
आहा ! कञ्चनपुरको बेलडाँडीमा रहेको....
सुन्दर तस्बिर
Ishan @ Reguler Check up
Ishan @ Dr Khursid
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
प्रेस काउन्सिल नेपाल दर्ता नं. : २२२२/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2023 All rights reserved.
Web Design by : SoftNEP