हरिश्चन्द्र बाग, कञ्चनपुर, १० फागुन । कञ्चनपुरको दोधारा चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नम्बर ९ कालिका बजारमा सु.प.प्र.०२००४ प ०८४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय करन चन्दको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चन्दको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा सामान्य उपचार पछि थप उपचारका लागि भारतको खटिमा हुँदै बरेली तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । घाइते भएका मोटरसाइकल चालकको भने भारतमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।