Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
शुक्रबार, असार १७, २०७९
  •  
  • हाम्रो टीम
  NB Radio Network   NB TV Network
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
  • अन्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सम्पादकीय
    • सूचना पाटी
    • सहकारी
स्थानीय सरकार
  • Home
  • News
  • बेलडाँडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन : कार्यपालिकाबाट गरिएका निर्णयहरू सार्वजनिक
बेलडाँडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन : कार्यपालिकाबाट गरिएका निर्णयहरू सार्वजनिक
Ishan Memorial Hospital Adv
64x64
बुधबार, असार १, २०७९ NB Media Network
1140x725
Shubharambha @ Ram prasad lamichhane 01-12 Daily

हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले कार्यपालिकाबाट गरिएका निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार दिउँसो गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष हरिश चन्द्र राना र उपाध्यक्ष शान्ति नाथको समुपस्थितिमा गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्टले ३ पटक बसेको कार्यपालिका बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिए अनुसार, बेलडाँडीमा १५ शय्याको अस्पताल निर्माणको कार्यलाई गति दिने, आरक्षपीडित, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउन आवश्यक पहल गर्ने, सिमसार क्षेत्रलाई पुनरुत्पादन योग्य बनाउन ढल निर्माण गर्ने, गाउँमै विज्ञान बहुमुखी शिक्षालय स्थापना गर्ने, शिक्षामा थप दरबन्दी माग गरी सामुदायिक विद्यालयको स्तर वृद्धि गर्ने, खेलकुद विकासका लागि खेलकुद मैदान, कवर्ड हल तथा रङ्गशाला निर्माण, रेडक्रस उपशाखा स्थापना, विद्युत् महसुल काउन्टर स्थापना गर्ने जस्ता निर्णय गरिएका छन् ।

त्यस्तै, गर्भवती तथा सुत्केरी महिलालाई एम्बुलेन्स सेवामा पालिका भित्र निःशुल्क र पालिका बाहिर ५० प्रतिशत छुट गर्ने, छोरी जन्मिए ३ हजार भत्ता दिने, विपन्न परिवारलाई ३० युनिट सम्मको विद्युत् महसुलमा पूर्ण छुट सुविधा दिने, पालिका भित्रका मठमन्दिरका पुरोहित, पाष्टर, भलमन्साहरूलाई वार्षिक रु. ५ हजार रकम सहयोग स्वरूप दिने, ‘गरिबसँग बिपी कार्यक्रम’ मार्फत विपन्न गरिब एवं अशक्त नागरिकको जीवन स्तरोन्नतिका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता बिष्टले सुनाउनु भयो । 

सुशासन कायम गर्दै विकासका कार्य गर्ने योजना अघि सारेको बेलडाँडी गाउँपालिकाले विभिन्न समितिहरूको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गज बहादुर विष्टलाई गाउँपालिका प्रवक्ता सहित सामाजिक विकास समिति संयोजक, वडा नम्बर २ का वडाध्यक्ष नारद सिंह उ¥याललाई विधेयक समिति संयोजक, वडा नम्बर ३ का वडाध्यक्ष दुर्गा प्रसाद चौधरीलाई पूर्वाधार विकास समिति संयोजक र सदस्य तारा गिरीलाई सार्वजनिक सुशासन समिति संयोजक, वडा नम्बर ४ का वडाध्यक्ष वीर बहादुर खड्कालाई वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक र वडा नम्बर ५ का वडाध्यक्ष इन्द्र खड्कालाई आर्थिक विकास समिति संयोजकको जिम्मेवारी दिइएको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरूका प्रश्न र जिज्ञासाहरूलाई सम्बोधन गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले समृद्ध बेलडाँडीका लागि आफूहरू केन्द्रित भएको उल्लेख गर्नुभयो । गाउँवासीका आधारभूत आवश्यकतालाई प्राथमिकता दिँदै काम गरिने उहाँको भनाइ छ । बेलडाँडी गाउँपालिकाले यही असार १० गते गाउँ सभाको आयोजना गरी आगामी आर्थिक वर्ष २०७९।०८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने तयारी गरेको अध्यक्ष रानाले जानकारी दिनुभयो । त्यस्तै, बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले महिलाका सवाल र जनजीविकालाई प्राथमिकतामा राखेर सुधारका योजना बनाइरहेको बताउनु भयो । महिलालाई सक्षम र आत्मनिर्भर बनाएर हिंसा मुक्त समाज निर्माणको परिकल्पना गरिएको उहाँले सुनाउनु भयो । 

प्रकाशित मिति: बुधबार, असार १, २०७९, १७:३८:००
Shubharambha & Shubham @ Dr. Amrit Ghimire-ashad 19
Swasthya Prabardhan Kendra PSA @ 02-05 2079
Shubharambha @ Vikash Paudel every Friday 1
police PSA
Beldandi Covid PSA
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.nepalbodh.com/local-government/4079
बेलौरीको नवौँ नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पारित
https://www.nepalbodh.com/local-government/4078
बेलडाँडी गाउँपालिकाको ११ औँ गाउँ सभा अधिवेशन सुरु
https://www.nepalbodh.com/local-government/4069
पुनर्वासमा बाल अधिकार सुनिश्चितताका लागि १५ सदस्यीय समिति गठन
https://www.nepalbodh.com/local-government/4059
जिल्ला समन्वय समिति कञ्चनपुरमा निर्वाचित प्रतिनिधिहरूद्वारा शपथ तथा पदभार ग्रहण
दृष्टिकोण
सरकार अब त ब्युँझ ! NB Media Network
बेलौरी वितरण केन्द्रको नवीनतम् प्रयास NB Media Network
गाउँगाउँमा सिंहदरबार आउँदा जनताले कति.... NB Media Network
Sulav hospital belauri main ad
Laljhadi covid psa
कला
सुनको महलमा पनि सुरज रावल.... शुक्रबार, वैशाख २४, २०७८
गायक सत्यराज आचार्यको स्वरमा यो.... शुक्रबार, वैशाख १०, २०७८
‘पहिलो रानाथारु सामन कि गीत.... आइतबार, साउन ४, २०७७
Covid 19  Belauri PSA
Corona Awareness Bhimdatta Mun @ 02-23 2077
मनोरञ्जन
बेलडाँडी सांस्कृतिक महोत्सव सम्पन्न, संस्कृतिको संरक्षणमा जोड शुक्रबार, फागुन २८, २०७७
तु माईत जनझाई रे गीतको भिडियो सार्वजनिक शनिबार, कात्तिक २९, २०७७
मेसीन बन्नु पर्छ बोलको गीतका लागि जापानका विभिन्न क्षेत्रमा भिडियो छायांकन शुक्रबार, कात्तिक २८, २०७७
Dodharachandani covid psa
Covid Shuklaphanta PSA
मेनु
  • खास खबर
  • स्थानीय सरकार
  • प्रदेश सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अडियो ग्यालरी
फेसबुक पेज
NB Media Network
ट्वीटर पेज
Tweets by NB Media Network
सम्पर्क
एन‍.बी‍. मिडिया नेटवर्क (www.nepalbodh.com)
केन्द्रीय कार्यालय : बेलडाँडी गाउँपालिका-१, कञ्चनपुर
शाखा कार्यालय : बेलौरी नगरपालिका-६, कञ्चनपुर
फोन नम्बर : 099-580232 (बेलौरी शाखा)
मोबाइल नम्बर : 9848664554 र 9810794400

ई-मेल : [email protected]
दर्ता विवरण
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. : १८७८०९/७४/०७५
स्थायी लेखा नं. : ६०६७३०७८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : २४२१/०७७/७८
बेलौरी नगरपालिका कार्यालय शाखा दर्ता नं. : २३/०७७/७८
अध्यक्ष तथा प्रधान सम्पादक
हरिश चन्द्र बाग
ई-मेल : [email protected]
© NB Media Network - 2022 All rights reserved.
Web Design by : SoftNEP