जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
प्रेस विज्ञप्ति
|
मिति २०७९।०२।२४ गते ।
सनाखत हुन बाँकी बेवारिसे लास सम्बन्धमा ।
मिति २०७९।०२।२३ गते राती अ. २१:०० बजेको समयमा भारतीय SSB ले बेहोस अवस्थामा नाम थर वतन खुल्न नआएको अन्दाजी वर्ष ३०/३५ को पुरुष व्यक्तिलाई जिल्ला कञ्चनपुर पुनर्वास न.पा.वडा नं. ११ डोके बजार नेपाल भारत सीमामा पुर्याए पश्चात् तत्काल यस कार्यालय मातहत प्रहरी चौकी परासन कञ्चनपुरबाट खटि गएको प्रहरी टोलीले निजलाई तत्काल उद्धार गरी उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी पुगाई उपचार भई रहेकोमा आज मिति २०७८।०२।२४ गते बिहान ०८:३० बजेको समयमा उपचारमा खटिएका डाक्टरले निजको उपचारकै क्रममा मृत्यु भएको जानकारी गराए पश्चात् निजको लास सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको हुँदा उल्लेखित हुलिया र फोटो भएको व्यक्ति लाई कोही कसैले आ-आफ्नो वडा एरियामा देख्नु वा चिन्नु भएको छ भने मृतकको घर परिवारमा खबर गरी प्रहरी कन्ट्रोल १००, ९८५८७५२२००, ९८६५५७५७६९ वा प्रादेशिक अस्पतालमा धनगढी सम्पर्क गरी सहयोग गरी दिन हुन अनुरोध गरिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
निम्न-
हुलिया :- वर्ण गहुँगोरो, , उचाइ ५।५ इन्च , कपाल कालो , अनुहार गोलो, रातो पाइन्ट, कालो, रातो, पहेँलो बुट्टेदार हाफ टिसर्ट र हाफ सर्ट लगाएको, वर्ष अ. ३०/३५ को जस्तो देखिने, बायाँ गालामा कोठी र बोके दाह्री र जुँगा भएको ।
उल्लेखित मृत व्यक्तिका सम्बन्धमा सूचना प्रवाह गरिदिन हुन समेत अनुरोध गरिएको छ ।
सूचना अधिकारी/कञ्चनपुर प्रहरी प्रवक्ता
प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाह
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
सम्पर्क नं. ९८५८७५०९१७
Email- [email protected], [email protected]