बैतडी । पत्रकार लक्ष्मण बिसीले आफ्नो जन्मदिनको अवसर पारेर एक गरिब विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् । सामुदायिक रेडियो मेलौली एफ.एम. १०१.२ मेगाहर्जका स्टेशन प्रमुख बिसीले मेलौली नगरपालिका वडा नम्बर ०७ निवासी खेउडे दयालको परिवारलाई खाद्यान्न वितरण गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्चलाई बचाउँदै सामाजिक कार्यमा लगाई केही हदसम्म भएपनि राहत पुगोस् भन्ने हेतुले खाद्यान्न वितरण गरेको पत्रकार बिसीले बताए । आफ्नो जन्मदिनमा एक गरिब घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गर्न पाउँदा आफूले गर्व महसुश गरेको र आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिने उनले बताए ।
खाद्यान्न सामग्री ग्रहण गर्दै दयालले पत्रकार बिसीलाई धन्यवाद ज्ञापन गरे । ६२ वर्षीय दयालका घरमा ९ वर्षीय १ छोरा र २ छोरी रहेका छन् । दम रोगबाट ग्रसित दयाललाई अहिले दैनिक गुजारा चलाउन पनि निकै हम्मेहम्मे परेको छ । आफू बुढो भइसकेको र अब काम गर्नपनि नसक्ने अवस्थामा आइसकेकोले अझपनि सहयोगको अपेक्षा गरेको दयालले बताए ।
खाद्यान्न वितरणमा मेलौली नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुरत नेगी पनि सहभागी भएका थिए । जन्मदिनको अवसरमा यसरी राहत स्वरूप खाद्यान्न वितरण गर्नु निकै नै सह्रानीय कार्य रहेको उनले बताए ।वडा अध्यक्ष नेगीले भने, "दयाल वडा नम्बर ७ का बासिन्दा हुन्, तर उनको बसाई वडा नम्बर १ मा भएका कारण वडाबाट दिन सक्ने सेवामा समस्या हुने गरेको छ, उनले वडा नम्बर ७ बाट वडा नम्बर १ मा बसाइसराई गरेमा भने वडाबाट दिने सेवामा सहज हुनेछ ।" उनले वडाबाट हुनेजति सहयोग र आफ्नो व्यक्तिगत तर्फबाट हुनेजति सहयोग जहिल्यै पनि गरिरहने पनि प्रतिबद्धता व्यक्त गरे ।
NULL