काठमाडौँ, ०१ फागुन । आज १२ औँ विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष विश्व रेडियो दिवसको नारा ‘रेडियो र शान्ति’ तय गरिएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।