कैलाली, २८ जेठ । कैलालीको अत्तरियामा रहेको गोदावरी एफएम बुधबार नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६८ साल जेठ २८ गतेबाट प्रसारण सेवा आरम्भ गरेको गोदावरी एफएम हाल ५०० वाट क्षमतामा सञ्चालित रहेको प्रबन्ध निर्देशक गोविन्द रोस्याराले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार, गोदावरी एफएमले कोरोना भाइरसको माहामारीका कारण यो वर्ष कुनै औपचारिक कार्यक्रम भने गरेको छैन । एफएमका प्रबन्ध निर्देशक गोविन्द रोस्याराले एक दशक सम्मको रेडियो प्रशारण यात्रामा साथ दिने सम्पूर्ण स्रोता, विज्ञापनदाता, रेडियोकर्मी कर्मचारी र शुभचिन्तकहरू प्रति धन्यवाद र आभार व्यक्त गर्नु भएको छ ।
उहाँले आगामी दिनमा पनि एफएमको भूमिकालाई अझै सशक्त बनाउँदै लैजाने बताउनु भयो । गोदावरी मिडिया प्रा.लि. द्वारा सञ्चालित गोदावरी एफएमले यस क्षेत्रका नागरिकलाई सूचना, सन्देश र मनोरञ्जन दिँदै आएको छ । गोदावरी मिडिया प्रा.लि. ले एफएम रेडियो संगै गोदावरी न्युज अनलाइन समेत सञ्चालनमा ल्याएको छ ।
NULL