काठमाडौं, २१ साउन । नेपाल विद्युतीय सवारीसाधन (EV) को अपनत्वमा विश्वकै अगाडि छ । निजी सवारी प्रयोगमा विद्युतीय प्रविधिको तीव्र विकाससँगै अब व्यावसायिक सवारी क्षेत्रमा पनि विद्युतीय गाडीहरू तीव्र गतिमा प्रवेश गरिरहेका छन् ।
यसै प्रवृत्तिलाई ध्यानमा राख्दै शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि. ले Farizon, Chery Wanda र King Long ब्रान्डका व्यावसायिक विद्युतीय सवारीहरू नेपाली बजारमा ल्याएको छ । कम्पनीले १४ देखि १९ सिट क्षमतासम्मका बहुप्रयोगी EV भ्यानहरू सार्वजनिक गर्दै NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आफ्नो उपस्थिति जनाएको छ ।
कम्पनीका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल भन्छन्, “व्यावसायिक क्षेत्रमा विद्युतीय सवारीको प्रयोगले न केवल प्रदूषण घटाउँछ, तर चालक र सञ्चालकको खर्चको बोझ पनि कम गर्छ । यिनै उद्देश्यले हामीले एक्स्पोमा व्यावसायिक सवारीको विभिन्न विकल्पहरू प्रदर्शन गरेका छौँ ।”

Farizon १९ सिट क्षमताको सुविधासम्पन्न EV भ्यान
Geely Group अन्तर्गत निर्माण गरिएको Farizon भ्यानले एक्स्पोमा विशेष ध्यान तान्यो । यस भ्यानमा निम्न विशेषताहरू रहेका छन् :
SN | प्रमुख विशेषता | यसको फाइदा |
---|
1 | Geely Group अन्तर्गत निर्माण | विश्वस्तरीय प्रविधि र दीर्घकालीन भरपर्दोपन |
2 | नेपालमा जगदम्बा मोटर्सद्वारा वितरण | सुदृढ सेवा नेटवर्क र ग्राहक भरोसा |
3 | शुद्ध EV प्लेटफर्ममा निर्माण | सुदृढ संरचना, राम्रो स्पेस युटिलाइजेसन र न्यून मर्मत खर्च |
4 | EU WVTA प्रमाणित | उच्च सुरक्षासम्मत, गुणस्तरीय र वातावरणमैत्री मान्यता |
5 | आकर्षक डिजाइन, मजबुत बनावट | उकालो, बिग्रिएको बाटोमा समेत दीर्घकालीन प्रयोग सम्भव |
6 | १९ सिट क्षमता, प्रिमियम सिट | टुरिज्म, स्टाफ ट्रान्सपोर्ट र सहरबीचको सेवा उपयुक्त |
7 | १७० किलोवाटको मोटर | नेपालको भूगोलअनुसार शक्तिशाली प्रदर्शन |
8 | ८२.८८ kWh लिथियम ब्याट्री | लामो दूरी यात्रा, न्यून चार्ज बाधा |
9 | चारैतर्फ डिस्क ब्रेक | पूर्ण लोडमा पनि उच्च ब्रेक क्षमता |
10 | सुरक्षासम्बन्धी आधुनिक प्याकेज | एयरब्याग, ABS, 360° क्यामेरा, ADAS आदि |
11 | चालकमैत्री सुविधाहरू | हीटर, AC, तातो सिट र स्टेरिङ आदि |
12 | ब्याट्री ग्यारेन्टी – ४ वर्ष वा ७ लाख किमी | मोटर ग्यारेन्टी – ५ वर्ष वा २ लाख किमी |
मूल्य: यो १९ सिटर EV भ्यानको सुरुआती मूल्य रु. ७६,९०,००० रहेको छ ।

Chery Wanda १४ सिटर माइक्रोबस, शहर यात्रा लागि उपयुक्त
Jagdamba Motors अन्तर्गतको अर्को व्यावसायिक विद्युतीय सवारी Chery Wanda हो, जुन CHERY र WANDA को संयुक्त निर्माणशैलीमा आधारित १४ सिटर माइक्रोबस हो ।
यसमा निम्न विशेषताहरू छन्:
ग्राउन्ड क्लियरेन्स: १८० मिमि
ब्याट्री क्षमता: CATL ५३.५८ kWh
दूरी: ३०० किमी (NEDC स्ट्यान्डर्ड अनुसार)
ब्याट्री ग्यारेन्टी: ५ वर्ष वा ३ लाख किमी
मोटर ग्यारेन्टी: ५ वर्ष वा २ लाख किमी
मूल्य: रु. ५६,५०,००० मात्र
स्टल विवरण र अफरहरू
यी दुवै विद्युतीय सवारीहरू NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ अन्तर्गत हल D को स्टल नम्बर D-१६ मा अवलोकन गर्न सकिन्छ । प्रदर्शनी अवधिभर जगदम्बा मोटर्सले विभिन्न विशेष अफरहरू पनि प्रदान गर्ने जनाएको छ । नेपालको व्यावसायिक यातायात क्षेत्रलाई दिगो र वातावरणमैत्री बनाउने दिशामा यो प्रयास उल्लेखनीय मानिएको छ ।